मानवअधिकार वर्ष पुस्तकको पूर्वसमिक्षा :बलात्कार घटना बढी

693 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images (1)धादिङ -नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८ को अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रम  सोमबार धादिङबेसीमा  भयो ।
मानवअधिकारको प्रत्यक्ष सरोकार राख्ने र अप्रत्यक्ष सरोकार राख्ने घटनाहरुबारे समिक्षा गरिएको कार्यक्रममा इन्सेक प्रतिनिधि सीताराम अधिकारीले जिल्लाको मानवअधिकार घटनाको बारेमा जानकारी दिनुभएको थियो ।
मानवअधिकार उललंघनको घटनामा यस वर्ष बलात्कार र बलात्कार प्रयासका घटना धेरै भएको उल्लेख छ । सन् २०१७ को ६ महिनाको अवधीमा यसकिसिमका ९ ओटा घटना भएको छ । घरेलु हिंसाका ५, बहुविवाहका २, मानवबेचविखनका १ र बाल विवाहका १ घटना रहेकोले यसवर्ष गैरराज्यको तर्फबाट भएका महिलाअधिकार उल्लंघनका घटना धेरै रहेको उल्ल्ेख छ ।
यस वर्ष स्थानीय तहको निर्वाचन समेत रहेकोले निर्वाचनको क्रममा भएको झडपको घटनामा १७ जना घाइते भउको ४ ओटा सवारी साधनमा आगजनी भएको, विद्यालयको गाडी प्रयोग गरिएको, विद्यालयमा कार्यक्रमहरु गरिउको जस्ता घटनाहरु जिल्लामा रहेको सो अबसरमा जानकारी गराइएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत, गैसस महासंघका अध्यक्ष् दामोदर अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष नबराज छत्कुली, मानवअधिकार एलाएन्सका केन्द्रीय सदस्य ज्ञानु कडेल, मानवअधिकार संगठनका अध्यक्ष सीतारामप्रसाद वर्मा लगायतले मानवअधिकार वर्ष पुस्तकको बारेमा प्रतिक्रिया व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मानवअधिकार वर्ष पुस्तकको वितरण जिल्लाका सम्पूर्ण संघसंस्थाहरुलाई पनि हुनु पर्नेमा जोड दिनुभएको थियो ।