रिगाउँका १ हजार ३ सय १७ जना बिद्यार्थीलाई शैक्षिक सामग्री

1551 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

19415981_1422155794494763_627766821_nरिगाउँ -बालवालिकाको क्षेत्रमा काम गर्दै आईरहेको  हिमाली नवीन समाज संस्थाले धादिङ् जिल्लाको उत्तरी भेगको अति विकटमा रहेको साविकको रिगाउँ गाविसका १२ वटा बिद्यालयका १ हजार ३ सय १७ जना बिद्यार्थीलाई स्कुले झोला, कापी, पेन्सिल, कटर र ग्लिसरिन गरी नौ लाख ८३ हजार दुई सय ६८ बराबरको शैक्षिक सामग्री वितरण गरेको छ ।
देशका विभिन्न स्थानका अवैधानिक बाल गृहहरुबाट उद्वार गरिएका, गाउँ, परिवार र समाजबाट बिछोडिएका बालबालिकाहरुको पारिवारिक पुनर्मिलन तथा पुर्नएकीकरणका लागि कार्म गर्दै आएको संस्थाले भूकम्पपश्चात केन्द्रीय बाल कल्याण सामिति , जिल्ला बाल कल्याण समिति र जिल्ला शिक्षा कार्यालय धादिङको समन्वयमा र फर्गेट मि नट नामक अस्ट्रेलियन दातृ निकायको आर्थिक सहयोगमा साविकको झारलाङ र रिगाउँ  गाविस केन्द्रीत ‘परिवर्तनका संवाहक’ नामक सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको  छ ।
19415663_1422155707828105_1227033445_nसंस्थाका पदाधिकारी सहितको टोलीले नौ लाख ८३ हजार दुई सय ६८ बराबरको शैक्षिक सामग्री गाविस भरका विद्यालय जाने बालबालिकालाई वितरण गरेको  संस्थाका एन्टि चाइल्ड ट्राफिकिङ अफिसर कविता चापागाँईले जानकारी दिनुभयो ।