नारायणगढ–मुग्लिन सडक खण्ड ठाउँ ठाउँमा पहिरो झरेपछि अवरुद्ध

1064 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 Muglin-Narayangadh-Pahiro-768x410चितवन ११ असार,। ठाउँ ठाउँमा पहिरो झरेकाले चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड गएरातिदेखि पुनः अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि सयौं सवारी साधनका हजारौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

मुग्लिन प्रहरीका अनुसार चार ठाउँमा खसेको पहिरो हटाउने काम भइरहेको छ । दिउँसोसम्म हटाइसक्ने लक्ष्य अनुसाार काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । बिहीबार राति पनि खसेको पहिरो शुक्रबार दिउँसोमात्र हटाइएको थियो । शनिबार साँझबाट पुनः पहिरो झरेर बाटो अवरुद्ध भएको छ ।

विहीबार राती खसेको ठाउँ नै कालीखोला, चार किलो, मुग्लिनबाट एक किलोमिटर भरतपुर तर्फ, र अन्य एक ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए। उनले अहिले पहिरो पन्छ्याउने काम भइरहे पनि ठाउँ–ठाउँमा पहिरो खसेकोले हटाउन समय लाग्ने बताए ।

हिजो रातीदेखि नै सो सडक खण्डमा हजारौं सवारी साधनहरु रोकिएका छन् । बिहीबार राति पहिरोले प्रहरीको भ्यान र एउटा टक बगाउँदा दुई प्रहरीको मृत्यु भएको छ भने दुई प्रहरी वेपत्ता छन् ।