सिद्धलेक गाउँपालिकामा सार्वजनिक सुनुवाई

1791 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC02261धादिङ -सिद्धलेक गाउँपालिकाका भूकम्पपीडितको घर निर्माण गर्न गाउँपालिकाको शक्ति लगाएर छिटो घर निर्माण गर्न लागि पर्ने गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनु भयो ।
सिद्धलेक गाउँपालिका—४ बुङचुङमा ०७४ असार १६ गते आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले जनताको लागि काम गर्ने भएकोले कही कतै कसैले दुई पैसा चुहावट गरेको थाहा भए कारबाही गर्ने चेतावनी दिनुभयो ।
जिल्ला समन्वय समिति धादिङ, सिद्धलेक गाउँपालिका र इन्सेकको आयोजनामा संचालित सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले भूकम्प प्रभावितको घर निर्माण, गाउँपालिका भित्रका योजना र यसको अन्तिम भुक्तानी तथा महिला बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरुको लागि गाउँपालिकाले गर्ने र गरेका कामको बारेमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सिलवालले भूकम्पपीडतको घर निर्माण गर्दा प्रविधिकहरुले १ इन्च फरक परेमा काम रोक्न लगाएकोले जनताको घर भूकम्पप्रतिरोधी भए सिफारिस गरेर दोश्रो, तेश्रो किस्ता दिन प्रविधिकहरु लचिलो हुनु पर्ने बताउनु भयो ।
गैससहरुले गर्ने कामका लागि स्वागत गरिरहेको, तर गाउँपालिकाको प्राथमिकता अनुसार गर्नु पर्ने, खानेपानी शिक्षा, स्वास्थ्य श्रोत संरक्षण गरेर काम गर्दै सबैको सहकार्यमा काम गर्न गाउँपालिका लागि परेको बताउँदै खानीजन्य उत्खनन्का बैधानिक बाटोबाट काम गर्र्नुपर्नेमा सिलवालले बताउनु भयो ।
गाउँपालिकाको उपाध्यक्ष कमला शर्माले गाउँपालिकाले नियमित रुपमा सार्वजनिक सुनुवाई गर्ने र पारदर्शिताको लागि गाउँपालिका निरन्तर लाग्ने र विकासका लागि सबैको सहकार्य आवस्यक रहेको बताउनु भयो ।
गाउँपालिकाको कार्यकारी अधिकृत लक्ष्मण भट्टराईले ४ हजार ८ सय ३९ जनाले पहिलो किस्ता लगे । ३ सय ६२ को गुनासो सुनुवाई भएको छ । १ सय ३९ जनाले मात्र दोश्रो किस्ताको रकम लगेकोले गाउँपालिकाबासीलाई छिटो घर निर्माण गरि अन्तिम किस्तासम्मको रकम लान आग्रह गरे ।
गाउँपालिकाको २ सय ५ जोजना मध्ये असार १६ गतेसम्म ४१ ओटा योजनाको मात्र अन्तिम भुक्तानी गएकोले बाँकी योजनाको अवस्था के हुने भन्ने रहेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अधिकृत हरि पाटा जिल्ला प्राविधिक कार्यालयका इन्जीनियर कृष्णलाल श्रेष्ठ,महिला तथा बालबालिका कार्यालयका प्रमुख सावित्रि थापा रावल जिल्ल कृषि विकास कार्यालय बालीसंरक्षण अधिकृत रितिक्षा पौडेलले आफ्नो विषयमा सहभागिले उठाएका प्रश्नहरुको जबाफ दिएका थिए ।
साविकको कुम्पुर गाविसमा रहेका इन्जीनियर चन्दन सहनीले दोश्रो किस्ताको लागि सुरुमा सिफरिस गरिएका घरहरुको दोश्रो किस्ताको रकम नआएको तर हालसालै सिफारिस भएकाहरुको आएको र आफुहरुलाई पुनरनिर्माण प्राधिकरणले सूचनाहरु नदिएर अलमलमा परेको गुनासो गर्नुभयो ।
गाउँपालिका क्षेत्रभित्रका जनप्रतिनिधि तथा सर्वसाधारणहरुले गाउँपालिकाको काम र भावि योजनाको बारेमा समेत जिज्ञासा राखेका थिए ।