सिड्स धादिङलाई लेखा तथा प्रशासन अधिकृत आवश्यकता 

1960 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय र स्वीस सरकार विचको द्धिपक्षिय सम्झौतामा हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपाल संगको साझेदारीमा यस संस्थाले सेप्टेम्वर २०१४ देखी सुरक्षित आप्रवासन (सामी) परियोजना सञ्चालन गरीरहेको छ ।

यस परियोजनाले वैदेशिक रोजगारलाई सुरक्षित र लाभदायक वनाउन सुचना,सिप,न्याय,मनोसामाजिक परामर्श सेवा प्रवाह गरीरहेको छ । यस परियोजना को लेखा तथा प्रशासन लाई व्यवस्थित वनाउन का निमित्त तपशिलमा उल्लेखित कर्मचारीको आवश्यकता रहेकोले इच्छुक नेपाली नागरीक वाट आवश्यक कागजात सहित निवेदन दिनुहुन सवैमा यो सुचना प्रकाशित गरीएको छ ।

विज्ञापनः ०२/०७३/०७४
पदः लेखा तथा प्रशासन अधिकृत
आवश्यक संख्याः १
न्युनतम शैक्षिक योग्यताः कम्तिमा व्यवस्थापन विषयमा स्नातक तह उर्तिण गरेको ।
आवश्यक अनुभवः ३ वर्ष लेखा तथा प्रशासन क्षेत्रमा काम गरेको अुनभव भएको । कप्युटरमा दक्षता भएको ।
परीक्षाको किसिमः लिखित,अन्तरवार्ता र प्रयोगात्मक

निवेदन दिने अन्तिम मितिः २०७४ आषाढ २३ गते सम्म आफुले हाशिल गरेको शैक्षिक योग्यता,प्रमाण पत्र,नागरीकता,अनुभव प्रमाणित हुने कागजात सहित संस्थाको जिल्ला सम्पर्क कार्यालय निलकण्ठ न.पा ३, सुगमटोल धादिङवेशी र मुख्य कार्यालय थाक्रे गाउँपालिका ११,महादेववेशी मा आवेदन दिन सकिनेछ ।
सम्पर्क नम्वरः ०१०–५२०४९३
सिड्स धादिङ