बूढीगण्डकी प्रभावितलाई दुई अर्ब चार करोड मुआब्जा वितरण,

233 पटक पढिएको

प्रकाशित मिति: २३ असार २०७४, शुक्रबार १६:४४

सम्पादक: Dhading News

बाह्रसय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणबाट पानीको सतहले डुबाउने अनुमान गरिएका गोरखाका विभिन्न गाउँका प्रभावित बासिन्दालाई जग्गाको मुआब्जा वितरणका क्रममा ३१५ जना थपिएका छन् ।

635929627847968750

मुआब्जा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार यसअघि ५८३ जनालाई मुआब्जा रकम दिइसकिएकामा ३१५ जना थपिएको हो। प्रभावितलाई राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न लगाएर सोही खातामा मुआब्जा रकम पठाउने गरिएको छ ।

प्रजिअ बस्नेतले भने, “३१५ जना प्रभावितको बैंक खातामा कुल रु ८५ करोड पठाउने समितिले निर्णय भएको छ ।” अहिलेसम्म बूढीगण्डकी प्रभावितलाई रु दुई अर्ब चार करोड मुआब्जा दिइसकिएको छ ।

अहिले गोरखाको साबिक घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका प्रभावितलाई मुआब्जा दिइएको हो । चालु आवमा मुआब्जाका लागि रु पाँच अर्ब बजेट उपलब्ध भएकामा धादिङतर्फ पनि मुआब्जा वितरणको काम भएको छ । गोरखाको आरुघाट बजार र धादिङको खहरे बजारको मुआब्जा यकिन नभएकाले त्यहाँका बासिन्दाले छिटो मुआब्जा निर्धारण र वितरण गर्न माग गर्दै आएका छन् ।

बूढीगण्डकी डुबान क्षेत्रमा पर्ने गोरखातर्फका बासिन्दाले अनुदान रकम पाए पनि कस्तो घर बनाउने भन्नेबारे आफूहरु अन्योलमा रहेको पनि बताएका छन् । छिट्टै डुबान पर्ने भए टहरामै बस्ने उनीहरुको भनाइ छ । रासस


२३ असार २०७४, शुक्रबार १६:४४ मा प्रकाशित

समाचार

सबै

प्रत्यक्षतर्फका सबै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न

काठमाडौं, २७ मंसिर । पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभाको सुनसरी.....

धादिङमा समानुपातिकमा कुन दलले कति मत पायो (सबै बिबरण सहित)

 धादिङ-प्रतिनिधि सभा र  प्रदेश सभा तर्फको प्रत्यक्ष तर्फको सम्पूर्ण सिट जितेको धादिङको  वाम गठवन्धनले.....

सातै प्रदेशमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिँदै

काठमाडौं, २६मंसिर - प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिनभित्रै प्रदेशको अस्थायी राजधानी तोकिने बताएका.....

सांसद खेम लोहनीको मतदातालाई आभार

धादिङ-संयुुक्त वाम गठवन्धनको तर्फवाट धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट  प्रतिनिधि सभा.....

Motorcyclist killed in Dhading bike-truck collision

KESHAV ADHIKARI The image of an overturned motorcycle after it had collided with a truck in Gajuri Rural Municipality-2 of Dhading district, on Monday, December 11, 2017. Photo: Keshav Adhikari DHADING: A person died after a motorcycle he was riding on collided with a truck.....