मलेसिया गएका धादिङ सिद्धलेकका समिर सिलवाल १२ बर्ष देखि बेखबर

136 पटक पढिएको

प्रकाशित मिति: २४ असार २०७४, शनिबार ११:१३

सम्पादक: Dhading News

samirकाठमाडौं,  – ‘मलेसियामा एक नेपाली युवा मानसिक अवस्था गुमाएको अवस्था भेटिएका छन् । मलेसियाको सडकमा भेटिएका ती युवाले आफ्नो घर नेपाल भने पनि अरु कुरा नबताएको ती युवालाई भेट्ने नेपालीको भनाई छ ।’

केही महिना अघि स्थानीय रेडियोले भनेको यो खबर पूर्णप्रसादको कानमा पर्‍यो । त्यसले उहाँलाई झस्कायो । किनकी उहाँका जेठा छोरो समिर मलेसियामा हराएको झण्डै १२ वर्ष भइसकेको थियो ।

कमाउने सपना लिएर गएको छोराको कमाई भएन, सपना पनि पूरा भएन भनिरहेका बेला हराएकाले कतै धेरै तनावले मानसिक सन्तुलन नै पो गुमायो कि भन्ने निष्कर्षमा पनि पुग्नुभयो पूर्णप्रसाद । तर उहाँले रेडियोमा खबर सुनेको त्यो व्यक्तिका बारेमा थप कुरा बुझ्न सक्नुभएन् ।

 

समिर धादिङकाे सिद्धलेक गाउँपालिका १ का  पूर्णप्रसाद सिलवालका जेठा छोरा । चार जना छोराछोरीसहितको ६ जनाको परिवार । आर्थिक स्थिती कमजोर । त्यसैले आइए पढेका समिरले विदेश जाने सोच्नुभयो । परिवार चलाउनै समस्या भएका पूर्णप्रसादले छोराका लागि एक लाख रुपैयाँ ऋण खोजिदिनुभयो मलेसिया पठाउन ।

विदेश जाने बेलादेखि नै समिरले परिवारको अवस्था सुधार्न मात्रै होइन मेरो जिन्दगी पनि बनाउनलाई विदेश जान लागेको हो भन्नुहुन्थ्यो परिवारसँग ।
ठूलो सपना बोकेर मलेसिया त पुग्नुभयो तर कमाउन सक्नुभएन । त्यसैले तीन वर्षसम्म फोन आयो पैसा चाहिँ पठाउन सक्नुभएन ।

तीन वर्षपछि फोन गर्दा समिरले ‘मलाई कम्पनीले फसायो । सोचेजस्तो भएन ।’ भनेको अहिले पनि पूर्णको दिमागमा ताजै छ । तर त्यतिबेलै उहाँले ‘म घरबार चलाउन मात्रै आएको थिइन तर सोचे जस्तो भएन’ पनि भन्नुभएको थियो । त्यतिबेला पूर्णप्रसादलाई कम्पनीले के गरेर फसायो त भनेर सोध्ने होस पनि आएन । त्यसपछि छोराको फोन आउनै बन्द भयो ।

छोराको फोन नआएको अहिले त १२ वर्ष भन्दा धेरै भइसक्यो । छोराको फोन आउन छोडेपछि छोरा खोज्दै बुवासँगै आमा चन्द्रकुमारी पनि विभिन्न ठाउँमा पुग्नुभयो । तर निराशा बाहेक केही हात परेन । व्यक्ति र संघसंस्थामा धाउँदा पनि केही नभएपछि चन्द्रकुमारी छोराको अवस्था बारे बुझ्न धेरै जना ज्योतिषीकोमा पनि पुग्नुभयो । तर ज्योतिषीका कुरा पनि बाझिए ।

‘कसैले अब छिट्टै फर्किन्छ भने कसैले उतै रमाएर बसेको छ फर्किन्छ जस्तो देखिंदैन भने’  पूर्णप्रसाद भन्नुहुन्छ । पछिल्लो पटक फोन गर्दा समिरले उद्देश्य पूरा गर्न सकिन अब घर फर्किन्छु भन्नुभएको थियो । तर घर फर्किनु भएन । घर नफर्किएपनि के कारणले बेपत्ता हुनुभयो भन्ने चाहिँ परिवारले अझै बुझ्न सकेको छैन ।

‘गाउँमा हुँदा सोझो थियो । मेरो छोरो यस्तो निष्ठुरी त होइन । कसैले फसाएको हुनुपर्छ ।’ बुबा पूर्ण प्रसाद सिलवालले भन्नुभयो ‘पैसाको हामीलाई कुनै लोभ छैन । छोराको मुख मात्रै देख्न पाए हुन्थ्यो । मर्ने बेला भइसक्यो, छोरो नआउने भयो । हामीलाई बिर्सिएर बसेको हो कि, अप्ठेरोमा परेको हो । केही थाहा छैन ।’

घरको जेठो छोरा बेपत्ता भएपछि परिवारमा रुवाबासी चलिरहन्छ । गाउँका कोही विदेश विदेशबाट फर्किएको देख्नसाथ पूर्णप्रसाद सिलवाल रोइहाल्नुहुन्छ । मलेसियाबाट फर्कनेसित पूर्ण प्रसाद आफ्नो छोरोको पुरानो फोटो देखाउँदै सोधखोज पनि गर्नुहुन्छ ।

तर छोराको अहिलेसम्म कुनै खबर छैन । ‘मेरो छोरा पनि यसैगरी आउने कहिले होला ?’ उमेरले ६ दशक पार गरिसकेका पूर्ण प्रसाद छोराको चिन्ताले झनै गल्नुभएको छ । शारीरिक कमजोरी त छँदैछ त्यसमाथि मानसिक पीडा थपिदा झनै समस्या भएको छ । परिवारको एउटै मात्रै चाहना छ, छोरो घर फर्कियोस । पूर्णप्रसादले भन्नुभयो ‘सकुशल छोरा आइदिए हामीलाई त्यो भन्दा ठूलो धन अरु केही हुँदैन ।’

छोराको खोजी गरिदिन पूर्ण प्रसादले सूचना तथा परामर्श केन्द्रमा निवेदन दिनुभएको छ । कागजपत्रको अभावका कारण खोजी गर्न समस्या भएको सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक गंगा सुवेदीले बताउनुभयो ।

रेडियोको खबरमा मलेसियामा भेटिएका युवा मानसिक अवस्था कमजोर भएको देखिएको पनि भनिएको थियो । ‘त्यो मेरै छोरो पो हो कि जस्तो पनि लागेको छ फोटो देख्न पाए चिन्थें’ पूर्णप्रसादले भन्नुभयो ।तर त्यो व्यक्तिको फोटो उहाँले देख्नु पाउनुभएको छैन ।

त्यसैले कसैले एक पटक त्यो व्यक्तिको फाटो देखाइदिए चिन्थें भन्ने आशामा हुनुहुन्छ । तर उहाँसँग पनि छोराको पछिल्लो फोटो छैन । त्यसैले आफूसँग भएको पुरानो फोटो देखेर समिरलाई देख्ने मान्छेले चिन्दैनन् कि भन्ने चिन्ता पनि छ ।

तर पनि बुवाआमासँग छोरो घर फर्किने आशा ज्यूँदै छ ।  ‘एक वर्ष अघिसम्म त भन्नलाई न कोही चिनेका थिएँ न कसैले सोधखोज नै गर्थे तर अहिले त छोरो भेटिनलाई होला धेरैले सोधिखोजी गरिरहेका छन्’ फोनमा छोराका बारेमा सोध्ने बित्तिकै पूर्णप्रसादले आशाले भरिएका कुरा सुनाउनुभयो उज्यालो अनलाइनमा खबर छ ।


२४ असार २०७४, शनिबार ११:१३ मा प्रकाशित

समाचार

सबै

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त काट्न स्थानीय प्रशासनले विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ । घरायसी प्रयोजन भनेर.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....