logo

फोटोसहितको मतदाता नामावली दर्ता १ साउनबाट

804 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

१५ साउनसम्ममा १८ वर्ष पुगेका नागरिकले नामावलीमा नाम दर्ता गराउन पाउनेछन् । तर नाम दर्ताका लागि भने सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमै पुग्नुपर्नेछ ।

यसअघि जस्तो  आफू अस्थायी रूपमा बसोबास गरेको जिल्लाबाट भने मतदाताले नाम दर्ता गराउन पाउनेछैनन् । दिनसम्म दर्ताको समय तोकेको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निकट भविष्यमा हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नाम दर्ताको समय दिइएको बताए । ‘संविधानअनुसार ७ माघभित्रै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्छ, सोही प्रयोजनका लागि नाम दर्ता गर्न छुटेकाहरूलाई समय उपलब्ध गराइएको हो,’ प्रवक्ता शर्माले राजधानीसँग भने ।

केन्द्र–प्रदेश निर्वाचन तयारी

उनका अनुसार सो समयभित्र दर्ता गराइएको नाम प्रदेश–२ मा हुन बाँकी स्थानीय तह तेस्रो चरणको निर्वाचन प्रयोजनका लागि भने हुनेछैन । ‘प्रदेश–२ मा बाँकी स्थानीय तह निर्वाचन प्रयोजनका लागि यो नामावली संकलन होइन, निर्वाचन मिति घोषणा भएपछि नामावली संकलन गर्ने कानुनी व्यवस्था नै छैन, कानुनले बाँकी स्थानीय तह निर्वाचन पनि ३१ वैशाखकै हो भन्ने बुझ्छ,’ प्रवक्ता शर्माले भने ।

नाम दर्ताका लागि जाँदा मतदाताले जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नागरिकताको प्रमाणपत्र सँगै लिएर जानुपर्नेछ । साथै बसाइँ सरेको भए सोको पनि प्रमाण लिएर निर्वाचन अधिकृतको कार्यालयमाजानुपर्नेछ ।

पहिले नामावली दर्ता गराइसकेका र परिचयपत्रमा त्रुटि भएका मतदाताले समेत यस अवधिभित्र मतदाता परिचयपत्रमा भएको त्रुटिलाई सच्याउनसक्नेछन् ।

विगतमा आफू बस्दै आएको जिल्लाको निर्वाचन कार्यालयबाटै सम्बन्धित जिल्लामा फोटोसहितको मतदाता नामावली अध्यावधिक गर्न सकिने व्यवस्था रहेकोमा अहिलेका लागि भने सो व्यवस्था नभएको आयोगले बताएको छ ।

यस अवधिमा दर्ता भएका नामउपर दाबीविरोध भए १६ साउनदेखि २० साउनसम्म दाबी विरोध गर्नसक्ने व्यवस्थासमेत आयोगले गरेको छ । आयोगका अनुसार गत ९ फागुनसम्म १ करोड ४० लाख मतदाताले नामावलीमा नाम दर्ता गराएका छन् राजधानी दैनिकले खबर छापेको छ ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic