२५ जिल्लामा २८ लाख गरिब

903 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

garib-paribarकाठमाडौं, ३१ असार । नेपालभरका ७५ जिल्लामध्ये २५ जिल्लामा मात्र २७ लाख ८८ हजार ७ सय ४४ मानिस गरिबीको रेखामुनी रहेका छन् । गरिबी निवारण मन्त्रालयअन्तर्गतको गरिब घरपरिवार सहयोग समन्वय बोर्डले पहिलो चरणमा गरिब घरको पहिचान गर्ने क्रममा यो तथ्यांक बाहिर ल्याएको हो । बोर्डले २५ जिल्लाका ६८ लाख २९ हजार दुई सय ३१ जनसंख्यामा अनुसन्धान गरेको थियो ।

गरिबीको रेखामुनी रहेका परिवारलार्इ परिचय पत्र बाँड्ने र सो बमोजिम सरकारले राहत तथा सहयोगको प्याकेज दिने घोषणा यसअघि गरिसकेको छ । गरिब जनसंख्याको पहिचान गरिए पनि कहिलेदेखि परिचयपत्र वितरण गर्ने भन्ने अझै अन्योलता जारी छ । परिचय पत्र प्राप्त गरेपछि गरिबले के कस्ता सेवा सुविधा पाउनेभन्ने बारे केही निर्णय हुन सकेको छैन ।

मन्त्रालयका एक सहसचिवले गरिबी निवारणसँग सम्बन्धित सबै परियोजनालाई एकीकृत रूपमा सञ्चालन गर्ने भनिए पनि हालसम्म कुनै प्रगति नभएको बताएका छन् । गरिबी निवारणका लागि आयआर्जनसँग सम्बन्धित कार्यक्रममा जोड दिने मन्त्रालयको तयारी रहेको उनको कथन छ ।

सरकारले विगतबाटै गरिबी निवारण कोष, युवा स्वरोजगार कोष र गरिबसँग विश्वेश्वर कार्यक्रम सञ्चालन गर्दै अाइरहेको थियो । गत जेठ ९ गतेबाट यि कार्यक्रमहरू मन्त्रालय मातहत सञ्चालनरत छन् ।