पूर्व चल्ने रात्री बस ९ बजेसम्म नौबिसे कटिसक्नुपर्ने

726 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

Mini-bus-image9काठमाडौं- मुग्लिन नारायणगढ सडक खण्डमा बढ्दै गएको दुर्घटना न्युनिकरणका लागि सडक विभागले रात्रीकालिन सवारी साधनलाई व्यवस्थित गर्ने भएको छ । आगामी बिहीबारदेखि काठमाडौंबाट नागढुंगा नाका भएर पूर्वका लागि चल्ने रात्री बस दिउँसो ४ बजेसम्म कलंकीबाट छुटिसक्नुपर्ने भएको छ ।मुग्लिन-नारायणगढ सडक खण्ड रातीको समयमा बन्द हुने भएपछि त्रिभुवन राजपथ प्रयोग गर्ने रात्री बसहरुलाई ब्यवस्थित गर्न यस्तो गरिएको बताइएको छ ।

पूर्वका बसहरुले रातको ९ बजेसम्म नौबिसे कटिसक्नुपर्ने बताइएको छ । यद्यपि अहिले जाम छल्न पूर्वका बसहरुले नौबिसे- पालुङ-हेटौंडाको बाटो प्रयोग गरेका छन् ।

त्रिभुवन राजपथमा ठूला बसहरुको आवागमन सहज गर्न ६ चक्काभन्दा ठूला मालबहाक ट्रकहरुलाई चल्न पनि विभागले निषेध गरेको छ । अब १० र १२ चक्के ट्रक नौबिसे- पालुङ- हेटौंडा खण्डमा चल्न नपाउने भएका छन् ।