धादिङको पृथ्वीराजमार्ग खण्डमा दुर्घटना ४ जनाको मृत्यु १२ घाईते

847 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

buss-accident-dhading-59707829bc2952.50725502धादिङ,५ साउन : धादिङको पृथ्वीराजमार्ग खण्डमा भएको छुट्टाछुट्टै तीन वटा दुर्घटनामा परि ४  जनाको ज्यान गएको छ भने १२ जना घाईते भएका छन ।

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५मा पर्ने पृथ्वीराजमार्गको विशालटारमा बिहीबार  विहान यात्रुबाहक बस पल्टिंदा २ जनाको घट्ना स्थलमै ज्यान गएको छ भने वसमा सवार अन्य १० जना घाईते भएका छन् ।

काठमाण्डौँ बाट काकरभिट्टाको लागी छुटेको ना ६ ख २२९३ नम्बरको बस राती ३ वजे तिर  पृथ्वीराजमार्ग अन्तरगत विशालटार स्थित सडकबाट २० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यलय गजुरी धादिङले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक झापा शिवसतासी गाउँपालिका वडा नम्बर ६ का कमल ढुङगाना र सोहि स्थान बस्ने सह–चालक नवराज सिवाकोटी रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।  दुर्घटनामा परी घाईते भएकाहरुको स्थानीय मलेखु अस्पतालमा सामान्य उपचार पश्चात काठमाण्डौँ लगिएको र उनीहरुको अवस्था खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ ।

यसै गरी पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गलौदीमा बिहिबार विहान स्कारपियो जीप पल्टिदा १ जनाको ज्यान गएको छ ।  भएको छ । चितवनबाट काठमाडौँ जाँदै गरेको बा १५ च ४५२६ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको हो ।

गाडीमा कपिलबस्तु जिल्लाको महाराजगंज नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद शर्मा, उनकी श्रीमती र छोरा सवार थिए । दुर्घटनामा उनका श्रीमती विष्णुकुमारी शर्माको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ ।

घटनामा उनका छोरा शशांङक शर्मा घाईते छन । घाईतेको गजुरी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसै गरि बुधबार सांझ पख बिरगंज बाट काठमाडौंको जाँदै गरेको ना ५ ख ८७९ नं को बसले च्यापेर  बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ स्थित ज्यामिरेघाटमा बुधवार एक जनाको ज्यान गएको छ । मानसिक सन्तुलन ठिक नभएको उक्त व्यक्तिको सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ ।

खाजा खाएर बस अघि बढाउने क्रममा अन्दाजि ४० वर्षको जस्तो देखिने  तराईमुलका एक व्यक्तिको बसले च्यापेर मृत्युु भएको हो । घटना पछि बस र ड्राइभर प्रहरीको नियन्त्रणमा रहेको जोगिमारा प्रहरीले जानकारी दिएको छ ।