एक्सन नेपाल धादिङको कर्मचारी आवश्यकता सम्वन्धि सुचना

5332 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एक्सन नेपाल धादिङको कर्मचारी आवश्यकता सम्वन्धि सुचनाAction Nepal Logo

(प्रथम पटक प्रकाशन मिति २०७४/०४/०५)

एक्सन नेपाल २०५७ साल देखि धादिङ लगायत अन्य जिल्लामा समेत खानेपानी सरसफाई तथा स्वास्थ्य, जिविकोपार्जन तथा पोषण, सुशासन, भौतिक निर्माणका क्षेत्रमा काम गर्दै आईरहेको गैर सरकारी संस्था हो । USAID को आर्थिक सहयोगमा Helen Keller International (HKI) को नेतृत्वमा Care Nepal, FHI 360, Nepali Technical Assistance Group (NTAG), Environment and Public Health Organization (ENPHO), Equal Access Nepal (EAN) / Vijay Development Resource Centre (VDRC) संगको संयुक्त सहकार्यमा संचालित सुआहारा दोश्रो कार्यक्रम(SUAAHARA II Program) एक्सन नेपालद्वारा धादिङ जिल्लाभर संचालन भईरहेको छ । महिला तथा दुई वर्ष मुनिका बालबालिकाहरुको पोषण स्थितिमा सुधार ल्याउन, विषेशतः घरपरिवारको पोषण सरसफाई तथा घरायसी खाद्यान्न उत्पादन सम्बन्धि व्यवहार परिवर्तनमा केन्द्रित यस कार्यक्रमलाई समुदाय स्तरमा सहजीकरण गर्न सामुदायिक पोषण सहजकर्ता आवश्यक भएको हुँदा निम्नानुसार योग्यता पुगेका विवाहित महिलाहरुवाट दरखास्त आव्हान गरिएको छ ।

पद: सामुदायिक पोषण सहजकर्ता -Paid Volunteers

न्यूनतम योग्यता तथा क्षमता
१.    एस.एल.सी. उत्र्रिण
२.   उमेर : २०–३५ वर्षका बिवाहीत महिलाहरु
३. सम्बन्धित वडा (सााविकको गाविस) को  स्थायी बासिन्दा अनिवार्य हुनै पर्ने ।
४.   पोषणको क्षेत्रमा अनुभव भएका
५.    समुदायमा परिवर्तनको सम्वाहक भई काम गर्न इच्छुक तथा प्रतिवद्ध
६. तथ्यांक संकलन गर्न सक्ने र आवश्यकता अनुसार साविकका अन्य गाविसमा पनि  जान सक्ने
७. स्थानिय सरोकारवाला सँग प्रभावकारी समन्वय गर्न सक्ने ।
८. नेपाली भाषामा प्रतिवेदन तयार गर्न सक्ने

कामको विवरण

१.    तथ्याङक सङ्कलन
२.   स्वास्थ्य आमा समुह वैठक सहजीकरण
३. गर्भवती आमा र स्तनपान गराउने आमालाई परामर्श ।
४. सुनौला १००० दिनका घरधुरी भेटघाट र परामर्श ।
५.   पोषण चौतारी, खाद्यन्न प्रर्दशनी, विशेष अवसर र रेडियो श्रोता समूहलाई सहयोग ।
६.   फिल्ड सुपरभाईजरहरुलाई आवश्यकता अनुसार सहयोग ।

कार्य स्थल (साबिकका गा.बि.स)

१. महादेवस्थान        २. धुषा        ३. जोगीमारा         ४. नौबिसे          ५. जीवनपुर          ६. किराञ्चोक       ७. बैरेनी            ८. कल्लेरी           ९.री गाऊँ          १०. गोगनपानी      ११. फुलखर्क    १२. बसेरी     १३. झार्लाङ       १४.  दार्खा       १५. खाल्टे     १६. ज्यामरुङ      १७.कटुञ्जे         १८. मार्पाक        १९.लापा         २०. सेर्तुङ     २१.तिप्लिङ     २२.नलाङ      २३.सलाङ      २४. भुमेस्थान      २५.केवलपुर     २६.तसर्पु     २७. सल्यानकोट       २८.त्रिपुरेश्वर        २९. सल्यानटार       ३०. खरी

आवश्यक संख्या:   ३० जना (माथि उल्लेखित साविकका गा.वि.सहरुमा एक एक जना)

मासिक सेवा सुविधा : रु. ७,००० हुनेछ ।

आवेदन दिने तरिका :  आफुले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी र व्यक्तिगत विवरण साथै हस्त लिखित निवेदन सहित यस कार्यालयमा आवेदन दिनु पर्नेछ ।

आवेदन दिने अन्तिम मिति : २०७४ श्रावण ११ गते दिनको ५ः०० वजे सम्म ।

परिक्षाको किसिमः लिखित र अन्तवार्ता

माथि उल्लेखित पदका लागि विज्ञापनमा उल्लेखित योग्यता पुगेका आवेदकहरुमध्ये  बाट प्रारम्भिक छनौट ९क्जयचत ीष्कत० मा परेका आवेदकहरुलाई मात्र अन्य छनौट प्रक्रियामा समावेश गराइने छ । उल्लेखित पदपुर्ति सम्बन्धमा संस्थाको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

नोटः उल्लेखित पदका लागि विपन्न वर्ग, दलित र जनजातीलाई प्राथमिकता दिईने छ ।

आवेदन दिने ठेगाना
एक्सन नेपाल, नीलकण्ठ–३ सुगमटोल, धादिङ
फोन नं:०१० ५२१०१२