छहरामा दुई माईक्रोबस ठोक्किदा २० घाईते

1738 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20264908_1756153327745267_7933036177832291730_nधादिङ,१० साउन -धादिङ जिल्लाको गजुरी गाउँपालिका–२ मा पर्ने पृथ्वीराजमार्गको छहरा भन्ने स्थानमा २ माईक्रोबास एक आपसमा ठोक्किंदा २० जना घाईते भएका छन ।
काठमाडौबाट चितवनका लागि छुटेको बा ३ ख ३८ नम्बरको माइक्रोबस र गोर्खाबाट काठमाडौका लागि छुटेको बा १ ज ५८७० नम्बरको माईक्रोबस मंगलबार दिउँसो ३ वजे तिर एक आपसमा ठोक्किँदा २० जना घाइते भएका हुन । दुर्घटनामा घाइते भएका १७ जनाको गजुरी अस्पतालमा प्राथमिक उपचार भैरहेको छ । गम्भिर घाईते ३ जनालाई थप उपचारको लागि काठमाडौ ट्रमा सेन्टर पठाईएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । अत्याधिक गतिमा रहेको दुवै माईक्रोवस आमने सामने हुँदा ब्रेक लगाउन नभ्याउँदा ठोकिन पुगेको प्रहरीको भनाई छ ।

दुर्घटनापछिका केही तस्बिरहरु :

Gajuri Accident 64622

Gajuri Accident 64621

20293079_1756154004411866_224273235058864466_n20264881_1756154161078517_7590775612457849430_n

तस्बिर सौजन्य : कृष्णलाल उप्रेति /जिल्ला अस्पताल धादिङ