७० जना एसपी को सरुवा -धादिङको प्रहरी प्रमुखमा एसपी ध्रुवराज राउत आउँदै

809 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Nepal-Police-1धादिङ : नेपाल प्रहरीका ७० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एसपीहरुको सरुवा सूची सार्वजनिक गरेको छ ।धादिङको प्रहरी प्रमुखमा एसपी ध्रुवराज राउत आउनु हुने भएको छ । राउतलाई  सुदुर पश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट धादिङ सरुवा गरिएको हो । धादिङका एसपी शरदकुमार खत्रीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ । छिमेकी जिल्ला नुवाकोटको प्रहरी प्रमुखमा  विरेन्द्रकुमार बस्यालको सरुवा भएको छ । बस्याल यस अघि दंगा नियन्त्रण प्रहरी गण बाँकेमा कार्यरत थिए भने नुवाकोटमा कार्यरत एसपि देवबहादुर वोहरालाई महानगरीय प्रहरी कार्यालय बिशेष सुरक्षा महाशाखामा सरुवा गरिएको छ ।

 सरुवा भएका एसपीहरुको सूची

क्लिक गर्नुहोस्