logo

हुग्दीखोला पुलबाट डिव्वा खस्दा चालक सहित तीन जना घाइते

1210 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bus-accident-300x169वेनिघाट रोराङ-धादिङको वेनिघाट रोराङ गाउँपालिकामा पर्ने पृथ्वीराजमार्गको हुग्दिखोला  पुलबाट मोटर खस्ने क्रम बढ्न थालेको छ । महिना अघि पनि सोही पुलबाट ट्रक खस्दा एक किशोरी सहित ३ जनाको ज्यान गएको थियो । मंगलबार पनि सोही पुलबाट अर्को ट्रक खसेको छ ।

 धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित हुग्दीखोला पुलबाट गाडी खसेको हो । काठमाडौंबाट चितवनतिर जाँदै गरेको ना ६ ख ४७३८ नं को डिब्बा गाडी मंगलबार बिहान खसेको जोगिमारा प्रहरी चौकीले जनाएको छ ।   ना ५त ९१५६ नम्बरको ट्याक्टरलाई ठक्कर दिई डिब्बा गाडी हुग्दीखोला पुलबाट खोलामा खसेको प्रहरीले जानकारी दिएको छ । गाडी खस्दा ट्रक चालक सिन्धुपाल्चोकका प्रकाश श्रेष्ठ र सहचालक सिन्धुपल्चोककै दिलीप सापकोटा र ट्याक्टरमा सवार धादिङका निरज चेपाङ घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार पछि थप उपचारका लागि काठमाण्डौं पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
तीब्र गतिमा रहेको ट्रकले ट्याक्टरलाई ठक्कर दिएर खोलामा खसेको प्रत्यक्षदर्शीले बताए।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic