धादिङ जिल्ला समन्वय समितिमा एमाले संग काँग्रेस माओवादी केन्द्र भिड्दै

2634 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20597525_1376496325770414_5552181182656059862_n

साउन २३ गते हुन गईरहेको जिल्ला समन्वय समिति धादिङको निर्वाचनमा मंगलवार उम्मेदवारी दर्ता गरिएको छ । प्रमुख र उप्रप्रमुख ७ सदस्य पदका लागि पदका लागि हुन गईरहेको चुनावमा १८ जनाले मनोनयन दर्ता गराएकाछन् । दुई नगरपालिका प्रमुख÷उप्रमुख र ११ गाँउपालिका अध्यक्ष÷उपाध्यक्ष गरी २६ जना मतदाता रहेकाछन् । उम्मेदवार हुन वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सदस्य पदमा निर्वाचत हुन पर्ने र मतदाता हुन प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष निर्वाचित भएको हुन पर्ने व्यवस्था रहेको छ ।स्थानीय तह गठन भए लगत्तै नाम परिवर्तन हुन पुगेको जिल्ला समन्वय समिति धादिङको सभापतिमा धादिङका कम्यूनिष्ट पार्टीका संस्थापक जगन्नाथ नेपाल निर्वाचित हुने निश्चित भएको छ ।
मंगलबार नेकपा एमालेले नेपालको नेत्तृत्वमा उम्मेदवार दर्ता गरेको छ ।एमालेको एकल बहुमत रहेको कारण  जिल्ला समन्वय समितिका विजय निश्चित भएको हो । कूल २६ मतदाता मध्ये धादिङमा एमालेको मतदाता संख्या १५ रहेको छ ।नेकपा एमालेको निर्णय अनुसार त्रिपुरासुन्दरी गाउँपालिकाका वडा सदस्य बिन्दा बराम नेपालीलाई   उप सभापतिको उम्मेदवार वनाईएको छ भने सदस्यहरुमा सिद्धलेक गाउँपालिकाका कृष्ण अर्याल, खुनराज थापा, थाक्रे गाउँपालिकाका उर्मिला रेग्मी, त्रिपुरासुन्दरी गाउँपालिकाका कमल नारायण श्रेष्ठ, ज्वालामूखी गाउँपालिकाका सान्नानी बागदास, गजुरी गाउँपालिकाका सावित्रा सुनार, खनियाबास गाउँपालिकाका उर्गेनवति तामाङलाई उम्मेदवार वनाई मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरिएको  नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीले बताउनुभयो ।
जिल्ला समन्वय समितका लागि एमालेले एकल रुपमा समन्वय समिति बनाउन उम्मेद्वारी घोषणा गरेको छ । सभापति पदमा उम्मेदवारी दिनु भएका नेपाल गल्छी गाउँपालिका वडा नम्बर १ बाट वडा सदस्य पदमा विजयी भएर आउनु भएको हो । 20621025_1376495375770509_8383398535905419478_n
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समितिमा समेत तालमेल गरी संयुक्त उम्मेदवारी दताए गराएको छ । प्रमुखमा नेपाली कागे्रसका भक्त बहादुर लामा र उपप्रमुखमा ध्रुव सुवेदीले उम्मेदारी दर्ता गराएकाछन् । यसै गरी सदस्यहरु  काग्रेसबाट नरेन्द्र भट्ट, प्रकाश कुमार श्रेष्ठ, कमला परियार दलित महिला सदस्यमा जानुका मिजारले उम्मेदवारी दर्ता गराएकाछन् । नेकपा माओवादी केन्द्रबाट सदस्यहरुमा शान्ता रोक्का, ज्ञान बहादुर रानामगर र पूर्णिमा चेपाङले उम्मदवारी दर्ता गराएकाछन् । नेपाली काग्रेसको ६ भोट स र नेकपा माओवादी केन्द्रको ३ भोट रहेको छ । राष्ट्रिय प्रजातन्त्र पाटीको २ भोट रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने उम्मेदवारी दिएको छैन ।