कान्तिपुर दैनिकका धादिङ समाचारदाता राठौर दैलेखमा पुरस्कृत

1438 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10302743_640855216004580_2755764074171278890_nधादिङमा रहेर पत्रकारिता गर्दै आईरहनु भएका कान्तिपुर दैनिकका उप सम्पादक हरिहरसिंह राठौरलाई नेपाल पत्रकार महासंघ दैलेख शाखाले डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको  छ ।

पत्रकार डेकेन्द्रराज थापाको १३ औं स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दैलेखले शुक्रबार राठौरलाई एक कार्यक्रमबीच डेकेन्द्र स्मृति पुरस्कार प्रदान गरेको हो ।

 स्वर्गीय पत्रकार थापा तत्कालीन माओवादी विद्रोहीद्धारा मारिएका थिए  । अपहरण पछि गरेको खोजतलासको पहल र हत्या पछि उठाईएका मुद्धा हरु,घटनाको  ३ बर्ष पछि लाश उत्खननमा नेपाल पत्रकार महासंघ र ईन्सेक संगको पहलमा डाक्टर हरिहर वस्ती लगायतका फोरेन्सिक विज्ञ ल्याउने क्रममा पत्रकार राठौरले निर्वाह गरेको  भुमिकाको सराहना गर्दै नेपाल पत्रकार महासंघ दैलेख शाखाले दैलेख वजारमा स्वर्गीय डेकेन्द्रको शालिक स्थापना र पहिलो डेकेन्द्र स्मृती पत्रकारिता पुरस्कार प्रदान प्रदान गरेको हो । द्वन्द्वको बेला  कान्तिपुर दैनिकले जिल्ला संवाददाताका रुपमा पत्रकार राठौरलाई दैलेखमा पठाएको थियो । दैलेख बजारमा खानेपानीको विवाद मिलाउने भन्दै छलफलका लागि भनेर वोलाई अपहरण गरि  २०६१ साउन २७ गते पत्रकार थापाको हत्या गरिएको थियो ।

 जुन बेला पत्रकार थापालाई नेकपा माओवादीले खानेपानीको बहाना बनाएर कव्जामा लिई अपहरण पश्चात हत्या गरेको थियो । अपहरणमा गरिसकेपछि खोजतलासको पहल राठौर नेतृत्वमा गरिएको थियो । थापा अपहरण परेको ३ वर्षपछि शव उत्खनन् गरिएको थियो ।