logo

ग्रामीण सडक अवरुद्ध भएपछि खाद्यान्न अभाव

890 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

 धादिङ-ग्रामीण-सडक-बन्द-665x365धादिङ-वर्षा सुरु भएदेखि नै धादिङका ग्रामीण सडकहरू अवरुद्ध छन् । जिल्लाको उत्तरी भेगमा जाने सडकहरू एकातिर वर्षात्ले बिग्रिएको छ भने अर्कोतिर पहिरो खसेका कारण यातायात सेवा सुचारु हुन सकेको छैन । यातायात सञ्चालनमा आउन नसक्दा स्थानीय यात्रुहरू समस्यामा परेका छन् । यातायात सेवा सञ्चालन भएका ठाउँमा पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

सडक मर्मतका लागि ठूलो रकम खर्च भएको बताइए पनि जिल्लाका ग्रामीण सडकमा असार लागेदेखि यातायात सेवा सुचारु हुन सकेको छैन । सडकमा पानी जम्ने र सडक भत्किएर खाल्टाखुल्टी बनेपछि अहिले सडकहरूको अवस्था विजोग छ । सामान्य पानी पर्दा नै सडकमा सवारी चल्न नसक्दा उत्तरी धादिङका गाउँहरूमा खाद्यान्न लगायतका सामानहरू ढुवानी गर्न कठिन भएको छ ।

जिल्लाको उत्तरी भेगका स्थानीयले यस्तो पीडा वर्षैपिच्छे भोग्दै आएका छन्, रुवीभ्याली–५ का धिरज तामाङले भने । उनले भने, ‘वर्षाको समय गाडी नचल्नु, सडक भत्किनु अनि आवागमन अवरुद्ध हुनु हाम्रा लागि सामान्य हो ।’ सो भेगका स्थानीयहरू प्रायः वर्षा नलाग्दै आवश्यक सामान लैजाने र दसैंअघि आवश्यक खाद्यान्नलगायतका सामान लिन सदरमुकाम आउने गरेका छन् । यस वर्ष स्थानीय तहको निर्वाचनताका लगेको र सोलगत्तै वर्षा सुरु भएकाले सबै सामान सकिएको रुबी भ्यालीका तामाङले बताए । तामाङका अनुसार सो ठाउँमा कृषि उब्जनी कम हुने र सदरमुकामबाट सामान लैजाने बाटो नभएकाले रुबी भ्यालीमा खाद्यान्न अभाव हुन थालेको छ ।

सदरमुकामबाट रुबी भ्याली क्षेत्र पुग्न तीन दिनको पैदलयात्रा तय गर्नुपर्छ । रुबी भ्यालीको लापा र सेर्तुङमा अझै पनि सडक पुगेको छैन भने तिप्लिङमा स्थानीयहरूको सहयोगमा भर्खरै मात्र सडक निर्माण भएको छ । अन्य अन्नबाली कम उब्जनी हुने भएकाले अधिकांश स्थानीय त्यहाँ उत्पादन भएको आलुले दैनिक छाक टार्दै आएको लापाका मरिचमान तामाङले बताए । वर्षा अघि लगेको सबै सामान सकियो, अहिले त आलुको भरमा बाँचेका छौं, उनले हाँस्दै भने । सो भेगमा आलु खेती प्रशस्त हुने भएकाले खाद्यान्नकै रूपमा आलु उपयोग भइरहेको उनले बताए । सडकमा यातायातका साधनहरू नियमित नहुँदा सडक छेउछाउमा व्यापार गरेर जीविका चलाउनेहरू पनि उत्तिकै प्रभावित छन् ।

-राजधानी दैनिकबाट


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic