नेपाल पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल निर्वाचित

1017 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

13087685_10209814665469737_4576828293403075510_n

काठमाडौं ६ भदौ,। नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।सत्ता साझेदार दल नेपाली काँग्रेस र माओवादी केन्द्र समर्थित पत्रकार संगठन नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालको संयुक्त प्यानलबाट आचार्य विजयी भएका हुन ।नेपाल पत्रकार महासंघको ६० बर्षको इतिहासमा वामपन्थी पत्रकारहरुबाट महासंघको नेत्तृत्व गर्ने आचार्य तेश्रो व्यक्ति हुन । यस अघि दुई कार्यकाल शिव गाउँले र महेन्द्र विष्टले महासंघको नेत्तृत्व गरेका थिए ।

 आचार्यले प्रेस चौतारीका को समर्थनमा अध्यक्ष पदमा उम्मेदवार दिएका तीर्थ कोइरालालाई १०५ मतको अन्तरले हराएका छन् ।अध्यक्षमा विजयी आचार्यले ७३२ मत ल्याए भने कोइरालाले ६२७ मत पाएका छन ।

खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् ।

महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भए ।

यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन् । लेखा समिति सदस्यहरुमा मिरा राजभण्डारी र भुपेन्द्र आचार्य विजयी भए ।

आचार्य नेतृत्वको प्यानल विजयी भएपछि अहिले खुला केन्द्रीय सदस्यहरुको मतगणना जारी छ ।

प्रदेशबाट निर्वाचित भएकाहरुको सूची भने राती नै सार्बजनिक भइसकेको थियो । यी हुन् प्रदेशबाट निर्वाचित भएकाहरु

प्रदेश नम्बर १

सटेन्द्र जबेगु (प्रेस चौतारी)
उद्धव तिमिल्सिना (प्रेस युनियन)

प्रदेश नम्बर २

देवराम यादव (प्रेस सेन्टर)
शैलेन्द्र झा (प्रेस युनियन)

प्रदेश नम्बर ३

द्वारिका काफ्ले (प्रेस चौतारी)
कृष्ण गिरी (प्रेस चौतारी)

प्रदेश नम्बर ४

रामकृष्ण ज्ञवाली (प्रेस चौतारी)
नवीन कुइँकेल (प्रेस सेन्टर)

प्रदेश नम्बर ५

बसन्त गिरी (प्रेस सेन्टर)
पुरुषोत्तम सुवेदी (प्रेस युनियन)

प्रदेश नम्बर ६

कलेन्द्र सेजवाल (प्रेस युनियन)
पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर)

प्रदेश नम्बर ७

मीन बम (प्रेस युनियन)
उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को ४५–४५ बराबर मत ।

काठमाडौं उपत्यका

लेखनाथ न्यौपाने (प्रेस सेन्टर)
गोबिन्द चौलागाईं (प्रेस चौतारी)

प्रतिष्ठान तर्फ

टिकाराम प्रधान (प्रेस सेन्टर)
यम बिरही (प्रेस युनियन)

कुन उम्मेदवारले कति मत पाए ? हेर्नुहोस् सूची