अब प्रतिनिधि सभाका लागि १६५ र प्रदेश सभाका लागि ३३० निर्वाचन क्षेत्र

258 पटक पढिएको

प्रकाशित मिति: १५ भाद्र २०७४, बिहीबार ०५:१२

सम्पादक: Dhading News


Prime Minister Sher Bahadur Deuba receives Electoral Constituency Delineation Commission’s (CDC) report from Kamal Narayan Das, Chairperson on CDC during the program at PM Residence, Baluwatar in Kathmandu on Wednesday, August 30, 2017. Photo: Dipesh Shrestha/Nagarik/Republica


काठमाडौं—सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेकै दिन निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बुझाएको छ।

आयोग अध्यक्ष कमलनारायण दासले बुधबार साँझ प्रतिनिधि सभाका लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कूल ४९५ क्षेत्रसहितको प्रतिवेदन प्रधानमन्त्री देउवालाई बुझाएका हुन् नागरिक न्यूज डट कममा खबर छ ।

९० प्रतिशत जनसंख्या र १० प्रतिशत भूगोल आधारित भएर तयार पारिएको प्रतिवेदनअनुसार ३५ वटा सिङ्गै जिल्ला प्रतिनिधि सभाका लागि एउटा क्षेत्रमा सीमित हुनेछन्।

९० प्रतिशत जनसंख्या र १० प्रतिशत भूगोल आधारित भएर तयार पारिएको प्रतिवेदनअनुसार ३५ वटा सिङ्गै जिल्ला प्रतिनिधि सभाका लागि एउटा क्षेत्रमा सीमित हुनेछन्। दुई नम्बर प्रदेशका हरेक जिल्लालाई चार क्षेत्र बनाइएको प्रतिवेदनमा सबैभन्दा धेरै तीन नम्बर प्रदेशमा ३३ क्षेत्र रहनेछन्। दुई नम्बरमा ३२, एक नम्बर प्रदेशमा २८, चार नम्बरमा १८, पाँच नम्बरमा २६, छ नम्बरमा १२ र सात नम्बरमा १६ प्रतिनिधि सभाका क्षेत्र रहनेछन्।

२१ वटा जिल्लाहरु दुई क्षेत्रका हुनेछन् भने ७ जिल्ला तीन क्षेत्रका हुनेछन्। ९ जिल्ला चार निर्वाचन क्षेत्रका रहनेछन्। झापा, रुपन्देही, कैलाली पाँच निर्वाचन क्षेत्र भएका जिल्ला हुनेछन्। मोरङमा ६ निर्वाचन क्षेत्र रहनेछन् भने काठमाडौंमा १० निर्वाचन क्षेत्र हुनेछन्।

प्रदेशगत रुपमा १ नम्बरमा ५६ प्रदेश क्षेत्र रहनेछन्। ३ नम्बरमा सबैभन्दा बढी ६६ क्षेत्र  रहनेछन् भने २ नम्बरमा ६४ क्षेत्र रहनेछन्। २ नम्बरमा ३६, पाँच नम्बरमा ५२, ६ नम्बरमा २४, ७ नं.मा ३२ प्रदेशगत निर्वाचन क्षेत्र रहनेछन्।

सरकारले साउन ५ गते कमलनारायण दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको थियो।

कुन जिल्लामा कति क्षेत्र? विस्तृतमा हेर्नुहोस्


१५ भाद्र २०७४, बिहीबार ०५:१२ मा प्रकाशित

समाचार

सबै

छुट्टाछुट्टै स्थानमा दुर्घटना, दुईको मृत्यु , एक घाईते

धादिङ, १२ फागुन - शनिवार विहान धादिङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् । धादिङको गजुरी गाउँपालिका वडा नं १ कालिका मन्दिर नजिकै.....

धादिङमा पुनर्निर्माणमा महिलाहरू सक्रिय

धादिङ -बन्दै गरेको घर, चाहे जग खन्दै होस् या गाह्रो लगाउने चरणमा । बन्दै गरेको हरेक नयाँ घरमा महिला कामदार.....

पार्टी तथा भातृ संगठनकाे अधिवेशन रोक्ने एमालेकाे निर्णय

काठमाडौं । माओवादी केन्द्रसँग पार्टी एकिकरणको सहमति भइसकेको भन्दै एमालेले पार्टी कमिटी र भातृ संगठनका.....

राष्ट्रपति चयनका लागि फागुन २९ गतेको मिति घोषणा

काठमाडौं, फागुन १० - निर्वाचन आयोगले राष्ट्रपति चयनका लागि फागुन २९ गतेको मिति घोषणा गरेको छ। आयोगले.....

सुत्केरीढुंगाबाट चरेश सहित दुई जना पक्राउ

धादिङ, ८ फागुन - धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ सुत्केरीढुंगाबाट प्रहरीले प्रतिवन्धित लागुऔषध चरेश बरामद.....