प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष २०६७ /२०६८को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक, धादिङ जिल्लाका चार साप्ताहिक ग बर्गमा

943 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौ । (धादिङन्युज ) प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष  २०६७।०६८ को पत्रपत्रिका वर्गीकरण नतिजा  सार्वजनिक गरिएको छ। काउन्सिलका अनुसार  वर्गीकरणका लागि फाराम भरेका ८ सय  १७ वटा पत्रिकाहरु मध्ये ७ सय  १० पत्रिकाको मूल्यांकन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् ।  बांकी १ सय  ७ वटा पत्रपत्रिका  विविध कारणले वर्गीकरणमा समावेश भएका छैनन् । जसमध्ये राष्ट्रिय ‘क’ वर्ग मा ८४, ‘ख’ वर्गमा ९७, ‘ग’ वर्गमा ४५ र ‘घ’ वर्गमा ११ गरी २३७ वटा पत्रपत्रिका वर्गीकृत भएका छन् । क्षेत्रीय ‘क’ वर्ग मा ३०, ‘ख’ वर्गमा ८६, ‘ग’ वर्गमा ९० र ‘घ’ वर्गमा ३४ गरी २४० वटा पत्रपत्रिका क्षेत्रीय वर्गमा वर्गीकृत भएका छन् भने स्थानीय ‘क’ वर्ग मा २१, ‘ख’ वर्गमा ५६, ‘ग’ वर्गमा १०५ र ‘घ’ वर्गमा ५१ गरी २३३ वटा स्थानीय वर्गमा वर्गीकृत भएका छन् ।
यता धादिङ जिल्लाबाट प्रकाशित हुँदै आईरहेको नेत्रावती र जनमुक्ती मार्ग साप्ताहिक ‘ग’ बर्गमा परेको छ । त्यसै गरी एक बर्ष अघीनै स्वरुप परिवर्तन गरिसकेको धादिङ आवाज साप्ताहिक ( हाल दैनिक ) पनि आर्थिक बर्ष  २०६७।०६८ को मुल्यांकन बाट ‘ग ‘ बर्गमा परेको छ । गत बर्ष ‘ख’ बर्गमा परेको धादिङ जिल्लाबाट प्रकाशित हुने जनसन्जाल साप्ताहिक यो बर्ष भने ‘ग ‘ मा झरेको छ ।