पोखराबाट अपहरणमा परेकी बालिकाको धादिङमा सकुशल उद्धार

1018 पटक पढिएको

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहीबार २२:३५

सम्पादक: Dhading News

21317502_1454299887982444_5529476122322428608_nधादिङ ।  पोखराको चिप्लेढुङ्गाबाट अपहरण गरिल्याइएको एक बालिकालाई प्रहरीले उद्धार गरेको छ ।

धादिङस्थित पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका खेस्टेबाट एक दुई वर्षीया बालिकालाई उद्धार गरिएको सिम्लेस्थित प्रहरी प्रहरी सहायक निरीक्षक सिम जिसीले बताएका छन । धादिङको धुनीबेसी नगरपालिका धार्के निवासी २७ वर्षीय सन्तोष सापकोटाले एक शिशु बोकेर सडक क्षेत्रमा हिँडिरहेको अवस्थामा फेला पारेपछि बजारवासीले प्रहरीलाई खबर गरेका थिए ।

आरोपी सापकोटालाई सोधपुछपछि प्रहरीले पक्राउ गरेको छ भने बालिकाको नातेदारको खोजी गरी जिम्मा लगाइने प्रहरीले जनाएको छ । पोखराको चिप्लेढुङ्गा क्षेत्रमा कवाडी सामानको काम गर्ने बालिकाका बाबुआमालाई आफूले घरमा बालक हेरी दिने बताएर उनीहरु काममा गएको बेला बालिका बोकेर धादिङ ल्याएको प्रारम्भिक अनुसन्धानमा सापकोटाले प्रहरीलाई बताएको प्रहरी सहायक निरीक्षक जिसीले जानकारी दिए ।

सापकोटाले बालिकालाई २० गते दिउँसो पोखराबाट ल्याएको बताएपनि अपहरण किन ग-यो भन्नेबारे अझैसम्म केही नखुलेकाले अनुसन्धानपछि आरोपी विरुद्ध मुद्दा चलाइने जनाइएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२२ भाद्र २०७४, बिहीबार २२:३५ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

नाबालिका बलात्कारको अभियोगमा त्रिपुरासुन्दरीका प्रकाश पक्राउ

पोखरा - नाबालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.४ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१६ लामाचौर बस्ने बर्ष २९ को.....

बूढीगण्डकीआयोजनाको कारण मध्यपहाडी लोकमार्ग निर्माणमा अलमल

- केशव अधिकारी कटुन्जे -धादिङ । प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी नटुंगिएका.....

नीलकण्ठ बहुमुखी क्याम्पसको दोश्रो क्याम्पस सभा सम्पन्न

धादिङ, १३ मंसिर - निलकण्ठ बहुमुखी क्याम्पस धादिङबेशीको दोश्रो क्याम्पस सभा मंसिर १३ गते शनिबार धादिङबेसीमा.....

नीलकण्ठ क्याम्पसको अध्यक्षमा शम्भुकुमार श्रेष्ठ चयन

धादिङबेसी । धादिङ जिल्लाको पहिलो सामुदायिक क्याम्पस निलकण्ठ बहुमुखी क्याम्पस धादिङबेशीको सञ्चालक समिति.....

आइसोलेसन बाट निर्मलाको सुझाव – कोरोना लाई सामान्य नठानौं

- निर्मला अधिकारी  दशै भर्खर सकिएको थियो  l अफिस खुलेर काम सुरु भईसकेको थियो l मैले काम गर्ने कम्पनी औषधीको.....

Categories