सदाचार अपनाउने जनप्रतिनिधिहरुको प्रतिवद्धता

1036 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Anti Curoption Dhading aviyan, 074.5.23 r (6)धादिङ । भदौ २३ गते-धादिङ जिल्लाको आव्हान भ्रष्टाचार विरुद्ध साझा अभियान नाराका साथ धादिङमा ०७४ भदौ २३ गते हस्ताक्षर अभियान सुरु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपाल पत्रकार महासंघ धादिङ, गैरसरकारी संस्था महासंघ धादिङ, डेक नेपाल लगायतका संस्थाहरुको आयोजनामा अभियानको एक कायृक्रमका बीच जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपालले सुरु गरे ।
धादिङबेसीको बीचबजार चोकबाट भ्रष्टाचार गर्ने सदाचार अपनाउने र निर्वाचित जनप्रतिनिधिहरुलाई सचारप्रति प्रतिवद्ध रहि कार्य गर्न लागिपर्ने प्रतिवद्धतासहित जिल्ला समन्वय समितिका संयोजक नेपालले ब्यानरमा हस्ताक्षर गरेर सुरु गरेका हुन् ।
जिल्ला समन्वय समितिको निर्वाचन भएको एक महिना भएकोले नेपालको कानून बमोजिम दुई महिनाभित्र जिल्ला समन्वय समितिका पदाधिकारीहरुको सम्पती विवरण सार्वजनिक गर्ने र आफू र आफू अन्तरगत रहेको प्रतिनिधिहरुहरुलाई सदाचार अपनाउन लागि पर्ने सो अबसरमा बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले सार्वजनिक निकायलाई पारदर्शी बनाउन े सरकारको जिम्मेवारी आफूले पाएको अख्तियारको प्रमुखको रुपमा जिल्लामा रहेकोले भ्रष्टाचार विरोधी अभियानले पारदर्शीताका लागि सहयोग पुग्ने बताए । आफूले यसकिसिमको अभियानलाई सहयोग गर्ने बताए ।
नीलकण्ठ नगरपालिकाका कार्यवाहक प्रमुख मनराज भण्डारीले आफू र आफ्नो नगरभित्र रहेका सम्पूर्ण जनप्रतिनिधि र सबै सार्वजनिक निकायलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिवद्धता व्यक्त गरे । नीलकण्ठ नगरपालिका खुला सरकारको रुपमा काम गर्दै नागरिकको अधिकारलाई स्थापित गर्दै सूचना प्रविधिको प्रयोग गर्दै नागरिकहरुको सूचनाको अधिकारलाई दोहोरो सूचना प्रणाली अनुसार कार्य गर्ने भण्डारीको प्रतिवद्धता रहेको थियो ।
स्थानीय तहमा निर्वाचित वडाअध्यक्षहरु सामाजिक संघसंस्थाका व्यक्तिहरु र नागरिकहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।