धादिङ समाज युएईको अध्यक्षमा योगेन्द्र थापा

2663 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

21552873_1486057351478103_1476649949_n

बद्रीप्रसाद खतिवडा

युएई-धादिङबाट युएईमा पुगेर बैदेशिक रोजगार तथा अन्य विभिन्न पेशा र व्यवसायमा आवद्ध भएका  धादिङेहरुको साझा संस्था धादिङ समाज युएईको सातौँ महाधिवेशनले योगेन्द्र थापाको अध्यक्षतमा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

21443177_1958859480995867_218450678_nवरिष्ठ उपाध्यक्षमा राजकुमार कंडेल, उपाध्यक्षहरुमा होमबहादुर अधिकारी र राजकुमार वस्ती, महासचिवमा अञ्जन न्यौपाने, सचिवमा प्रसिद्ध खतिवडा, रमेश अधिकारी, शंकर श्रेष्ठ, कोषाध्यक्षमा प्रदीप लोहनी र सहकोषाध्यक्षमा पुष्प गुरुङ चयन भएका छन् ।

सदस्यहरुमा रीता लामा, सपना गुरुङ, पदम थापा, हस्तबहादुर घिमिरे, रिम पन्त , दिनेश परियार, उमेश थपलिया र बद्रीप्रसाद खतिवडा चुनिएका छन् ।

21552570_1486054214811750_1867225940_nसमाजका निवर्तमान अध्यक्ष भीमकुमार अधिकारीको सभापतित्व तथा नेपाली राजदूतावास युएईका कार्यबाहक राजदूत नेत्र टन्डनको प्रमुख आतिथ्यता भएको कार्यक्रम महासचिव योगेन्द्र थापाको सञ्चालन गरेका थिए ।

कार्यक्रममा समाजका उपाध्यक्ष नरबहादुर घलेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा समाजले दुई वर्षभरी गरेका सांगठनिक तथा आर्थिक गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । विभिन्न पेशा र व्यवसायमा आवद्ध हुंदै युएई भर करिव १४ हजार जना धादिङेहरु छरिएर रहेका छन ।युएईको अधिकांश स्थानमा धादिङेहरु पुगेका छन । ति मध्ये पनि दुवई, अवुधावी,शहराज र अजमान क्षेत्रमा धादिङेहरुको उपस्थिती ज्यादा रहेको छ ।रोजगारीको सिलसिलामा युएई पुग्ने धादिङेहरुको संख्या बढ्दै गएको छ भने होटल, ट्राभल एजेन्सी, निर्माण कम्पनी लगायतका क्षेत्रमा लगानी गरी व्यवसाय चलाउनेहरु पनि निकै पुगिसकेका छन ।