धादिङ, रामेछाप, गोरखा र पूर्वी रुकुम अब हिमाली जिल्ला

159 पटक पढिएको

प्रकाशित मिति: २५ भाद्र २०७४, आईतवार १५:३३

सम्पादक: Dhading News

Nepal-map-768x449काठमाडौं २५ भदौ,। रामेछाप, धादिङ, गोरखा र पूर्वी रुकुम अब हिमाली जिल्लाको वर्गीकरणमा परेका छन् । यसैगरी पूर्वी नवलपरासी भित्री मधेसको जिल्ला भएको अनलाइन खबरमा समाचार छ ।

संसदको विकास समितिले आइतबार पारित गरेको स्थानीय तह सञ्चालन सम्बन्धी विधेयकमा जिल्लाहरुको नयाँ वर्गीकरण गरिएको छ जसमा पहिले पहाडी जिल्ला भनेर चिनिने चार जिल्लालाई हिमालमा राखिएको छ ।रामेछाप, धादिङ, गोरखा र रुकुम यसअघि पहाडी जिल्लाको वर्गीकरणमा परेका थिए ।

रुकुम बिभाजन भएपछि पूर्वी रुकुमलाई पनि हिमाली जिल्लामा पारिएको छ । पूर्वी रुकुममा सिस्ने, पुथा उत्तरगंगा र भूमे गाउँपालिका पर्दछन् ।

नवलपरासीबाट दुई जिल्ला बनेको परासी क्षेत्रलाई तराई र नवलपुर क्षेत्रको जिल्लालाई भित्री मधेसमा वर्गीकरण गरिएको विकास समितिका सदस्य गणेश पहाडीले जानकारी दिए ।


२५ भाद्र २०७४, आईतवार १५:३३ मा प्रकाशित

Dhading Galaudi mahotsav 2073

समाचार

सबै

गल्छी गाउँपालिकामा शुभकामना आदान प्रदान कार्यक्रम

गल्छी गाउँपालिकाको आयोजनामा  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार गल्छी गाउँपालिकाको वडा नम्बर ८ छाङ्गेश्वर मन्दिर परिसरमा विजयादशमी, शुभदिपावली तथा छठ पर्व २०७४ को पावन अवसरमा.....

रकमको जोहो गर्नुहोला पाँच अर्ब ७१ करोडको हकप्रद सेयर आउँदैछ

काठमाडौँ / धितोपत्र बोर्डले विभिन्न १२ वटा कम्पनीलाई रु पाँच अर्ब ७१ करोड ८५ लाख ४२ हजार बराबरको हकप्रद शेयर.....

नेपाल टेलिकमको दशैं अफर सार्वजनिक

नेपाल टेलिकमले नेपालीहरुको महान चाड बडादशैंको अवशर पारेर नयाँ अफरहरु सार्वजनिक गरेको छ । टेलिकमले बुधबार.....

नागढुंगाबाट २८ मरेका खसीबोका बरामद

काठमाडौं, असोज ५ -महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ । प्रभागबाट.....

धादिङमा तीन जनालाई डेँगुको संक्रमण

धादिङ । धादिङमा डेँगु रोगका तीन जना बिरामी भेटिएका छन् । हालै जिल्ला अस्पताल धादिङमा उपचारका लागि आएका.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana