विशालटारको दुर्घटनामा घाइते दुईको मृत्यु

934 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

A view of wrecked bus (Lu 1 Kha 6623) after it fell about 50 metres below the road, on Tuesday, September 12, 2017. The bus was en route from Kathmandu to Triveni in Nawalparasi, along the Prithvi highway.  Photo: Keshav Adhikari

धादिङ,२७ भदौ, । विशालटार नजिकैै मंगलबार बिहान भएको दुर्घटनाका घाइतेमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक वरुण सिंहका अनुसार घाइते अवस्थामा काठमाडाैं लगिएका नवलपरासीको सुस्ता गाउँपालिका-५ निवासी ६५ वर्षीय रमाशंकर सिंह र ३० वर्षीय बच्चु रामको मृत्यु भएको हो ।

रमाशंकरको स्टार अस्पताल बल्खु र रामको ट्रमा सेन्टर, वीर अस्पतालमा मा मृत्यु भएको हो ।

काठमाडाैंबाट ४४ यात्रु लिएर नवलपरासीको त्रिवेणीका लागि छुटेको लु २ ख ६६३० नं को यात्रुवाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ स्थित सडकबाट करिब १०० मि तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा ३१ जना घाइते भएकामा उपचारका लागि आठ जनालाई ट्रमा सेन्टरमा पठाइएको थियो । ट्रमा सेन्टरमा पठाइएका बिरामीमध्ये एम्बुलेन्स चालकले आफूखुसी स्टार अस्पतालमा समेत लगेका थिए ।

हाल पाँच जनाको स्टार अस्पताल, एक जना ट्रमा सेन्टर, चार जनाको गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र बाँकीको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।