logo-768x225

अन्तरघातको आरोपमा काँग्रेस जिल्ला सभापतिलाई कारवाहीको माग

95 पटक पढिएको

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार २१:०८

सम्पादक: Dhading News

indexनुवाकोट, २८ भदौ – बेलकोटगढी नगरपालिकाका नेपाली काँग्रेसबाट प्रमुखसहित विभिन्न उम्मेदवारले स्थानीय तहको वैशाख ३१ गतेको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाई जिल्ला सभापतिसहितलाई कारवाहीको माग गर्दैै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन् ।

बेलकोटगढीमा प्रमुखमा पराजित यादव नेपाल, उपप्रमुखका प्रत्याशी हिरा तिवारी शर्मासहितले जिल्ला सभापति तथा सांसद जगदीश्वरनरसिंह केसीलगायतले अन्तरघात गरेको जनाउँदै कारवाही गर्न केन्द्रीय कार्यालयमा सूची बुझाएका हुन् । केसीसहित जिल्ला सदस्य हिरा पाण्डे लामा, क्षेत्रीय सदस्य कृष्णप्रसाद पाण्डे, साबिक बेलकोट गाविसका पार्टी सभापति वैकुण्ठ पाण्डे र साबिक जिलिङ गाविसका पार्टी सभापति गोकुलप्रसाद दाहालले अन्तरघात गरेको आरोप लगाइएको छ ।

यस्तै पूर्व जिल्ला सभापति तथा विदुर नगरपालिकाका प्रमुखका पराजित उम्मेदवार ध्रुव अधिकारीको नेतृत्वमा गएको अर्को टोलीले पनि केन्द्रीय कार्यालयमा अन्तरघात गर्नेको सूची बुझाई कारवाहीका लागि माग गरेको छ ।

उक्त सूचीमा जिल्ला सदस्य विन्दा अर्याल, नेता वासु सापकोटा, तारकेश्वर गाउँपालिकाका पार्टी संयोजक होमबहादुर तामाङ, पूर्वमहासमिति सदस्य मोहनबहादुर खड्कालगायत १९ नेता तथा कार्यकर्ताका नाम छ ।

जिल्ला तहकाले कारवाहीका लागि कुनै सिफारिस र सोधपुछसमेत नगरेपछि केन्द्रमा पुग्नुपरेको तारकेश्वरबाट कांग्रेसका पराजित उम्मेदवार चोकराज शाक्यले बताउनुभयो ।

पूर्वसभापति अधिकारीले निर्वाचनमा अन्तरघात गर्नेहरु कारवाहीको दायरामा आउँछन् भन्ने अनूभूति नभए कार्यकर्तामा निराशा बढ्ने बताउनुभयो । कारवाही गराउन माग गर्दै निर्वाचनका पराजित उम्मेदवारसहित ७७ जनाले हस्ताक्षर गरेका छन् ।


२८ भाद्र २०७४, बुधबार २१:०८ मा प्रकाशित

Dhading Galaudi mahotsav 2073

समाचार

सबै

डा. महतलाई लक्षित गरि एम्बुस विस्फोट

क्षेत्र १ प्रदेश ख का उम्मेदवार रमेशकुमार महतको फेसबुकबाट साभार फोटो । नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार कांग्रेस नेता डा. रामशरण महतमाथि शुक्रबार विहान लक्षित गरि ककनी गापा–५, डाडागाउँ शिकारीचौरमा.....

एमाले नेता राजेन्द्रप्रसाद पाण्डे लडेर घाईते

धुनिबेशी ,कात्तिक २९ -धादिङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट बाम गठबन्धनको तर्फबाट सांसदको उम्मेदवार बन्नु.....

निर्वाचन शिक्षाको लागि सडक नाटक’ महादान ‘मञ्चन

धादिङ – प्रतिनिधि सभा र प्रदेश सभाको  निर्वाचनको मिति नजिकिंदै जांदा मतदाता शिक्षाका लागि विभिन्न.....

निर्वाचनमा खटिने कर्मचारीको तीन लाखको बीमा

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि जनही रु तीन लाखको बीमासहित अन्य उपचारको व्यवस्था.....

अन्यौलमा बुढीगण्डकीको भविष्य

काठमाडौं, -१२ सय मेगावाटको बुढीगण्डकी आयोजना निर्माणको ठेक्का पाएको गेजुवा ग्रुपसँग सम्झौता खारेज गरेसँगै.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana