logo

लागूऔषध मुद्दामा फरार खनियाबासका लोकेन्द्र पक्राउ

702 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धादिङ -लागूऔषध मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । धादिङ खनियाबास गाउँपालिका–२ का ३१ वर्षीय लोकेन्द्रबहादुर तामाङलाई काठमाडौं म्हेपीबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

timthumbकाठमाडौं गोंगबु मिलन टोलस्थित एक्स मलेसिया कञ्चनपुर गेस्टहाउसमा २६ चैत २०६३ मा धादिङका भीमबहादुर तामाङ, पासाङ डिकी तामाङ, टेवा तामाङ र कान्छीमाया तामाङसमेतले लागूऔषध बिक्री वितरण गर्न लागेकोमा प्रहरीले उनीहरूको साथबाट १ किलो २ सय ४० ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरेको थियो ।

अनुसन्धान क्रममा लागूऔषध भीमबहादुर र पासाङले तत्कालीन समयमा भारतमा रहेका निज लोकेन्द्रबाट खरिद गरी ल्याई टेवा र कान्छीमायाको सहयोगमा ग्राहकको खोजी गरी ८ लाख रुपैयाँमा बिक्री गर्न लागेको भन्ने खुल्न आएको छ ।

अवैध लागूऔषध मुद्दामा काठमाडौं जिल्ला अदालतले भीमबहादुर र पासाङलाई १५ वर्ष कैद र ६ लाख जरिवाना गरेकोमा भीमबहादुर हाल जिल्ला कारागार धादिङमा तथा पासाङ केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेका छन् ।

यसैगरी टेवा र कान्छीमायालाई ७ वर्ष ६ महिना कैद र ३ लाख रुपैयाँ जरिवाना फैसला भएकोमा निजहरूले सजाय भुक्तान गरिसकेका छन् । फरार प्रतिवादी लोकेन्द्रको हकमा काठमाडौं जिल्ला अदालतले २६ माघ २०६६ मा फैसला गर्दै उल्लिखित लागूऔषध मुद्दा मुल्तबीमा राख्ने निर्णय गरेको थियो ।


slot deposit qris nexus slot