logo

गल्छीमा जेसीबीको आधिकारिक आउटलेट

1905 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

JCB-ARO-743x500गल्छी– जेसीबी अर्थ मुभिङ तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लू अर्थ मुभर्स प्रालिले धादिङको गल्छीमा अथ राइज्ड रिटेल आउटलेट सुरु गरेको छ । ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयर सुविधा पाउनेछन् । धादिङ, रसुवा, मकवानपुरलगायतका जिल्लामा जेसीबी मेसिनको संख्या बढेसँगै एमएडब्लू अर्थ मुभर्सले ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर आधिकारिक आउटलेट सुरु गरेको हो ।

नयाँ ‘एआरओ’को उद्घाटन जेसीबी इन्डिया लिमिटेडका रिजनल सर्भिस म्यानेजर विशाल बन्धु र एआरओका म्यानेजिङ डाइरेक्टर मुरारी आचार्यले संयुक्त रूपमा गरेका हुन् । यसअघि एमएडब्लू अर्थ मुभर्सले बनेपा, दोलखा र लहानमा ‘एआरओ’ स्थापना गरिसकेको छ । जेसीबी मेसिनको संख्या बढिरहेका स्थान हेटौंडा र डडेल्धुरामा पनि एआरओ स्थापना गर्ने लक्ष्य लिएको छ । बिक्रीपछिको सेवामा बढी विश्वास गर्ने भएका कारण नेपालमा जेसीबीको सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ । हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगन्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ ।

नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअललगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिन लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । अझ टाढैबाट मेसिनबारे जानकारी दिने लाइभलिङ प्रविधिले जेसीबी मेसिनको उत्पादकत्व अझ बढेको छ ।

नेपालमा जेसीबी मेसिनको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । एमएडब्लू अर्थ मुभर्सले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगन्ज, चितवन, दाङ, सुर्खेत र जनकपुरबाट सेल्स, सर्भिस र स्पेयर पार्टस्को सेवा दिइरहेको छ । जेसीबीले बिक्रीलाई होइन, बिक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभी इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।


slot deposit qris nexus slot