८८ किलो सुन तस्करीमा संलग्न पाँच व्यापारी पक्राउ

655 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Kumari Bank

gold-690x450काठमाडौं, -काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले बरामद गरेको ८८ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा थप पाँचजनालाई प्रहरीले पक्रेको छ । प्रहरीले पाँच जना सुन व्यवसायीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।  महानगरीय प्रहरी अपराध मशाखाले सोमवार उनीहरुलाई नियन्त्रणमा लिएर बुधवार मात्रै सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी महाशाखाले काठमाडौंका कार्यविनायक सुनचाँदी पसलका सन्चालक गणेश दत्त बडू, शाक्य सुनचाँदी पसलका सुगतरत्न शाक्य, पशुपति सुनचाँदी पसलका नन्दकुमार मर्गले, रविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल र उल्लास दिनकर सालुखेलाई पक्राउ गरिएको जनाएको हो ।

व्यापारीहरुले चीनबाट अवैध रुपमा ल्याइने सुन किन्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको अपराध महाशाखाका एसपी दिवेश लोहनीले बताए  सोमबार पक्राउ परेका पाँचजनालाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।