नागढुंगाबाट २८ मरेका खसीबोका बरामद

610 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

प्रभागबाट खटिएको टोलीले आज बिहान जाँचका क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा ल्याउँदै गरेको अवस्थामा फेला पारेको हो । प्रभागले मरेका खसीबोकासहित सवारी चालक युवराज पोखरेल, सहचालक दिपेश ढुंगाना र राजु बगालेलाई नियन्त्रणमा लिएको हो ।

प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले ४१ वटा खसीबोका ल्याउँदै गरेकामा २८ वटा मरेको फेला पारेको जानकारी दिए ।

दशैं सुरू भएसँगै पशुपंक्षी विकास मन्त्रालयले समेत अनुगमन बढाएको छ । पशुपंक्षी विकासमन्त्री सन्तकुमार थारु र राज्यमन्त्री गोमा कुँवरसहितको टोलीले आज कलंकीस्थित खसीबजारको निरीक्षण गरे।

खसीबोका अवलोकनपछि मन्त्री थारुले स्वस्थ्य र अस्वस्थ्य खसीको वर्गीकरण गरी दशैं, तिहार तथा छठपर्वमा विक्री वितरण गर्न बिक्रेतालाई निर्देशन दिएका थिए ।

पशुपक्षी ऐन २०५५ र नियमावली २०५६ अनुसार मरेका खसीबोका ओसारपसार तथा विक्री वितरण गरे प्रतिखसीबोका  ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ ।