नेपाल टेलिकमको दशैं अफर सार्वजनिक

1371 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Nepal-telecomनेपाल टेलिकमले नेपालीहरुको महान चाड बडादशैंको अवशर पारेर नयाँ अफरहरु सार्वजनिक गरेको छ । टेलिकमले बुधबार प्रस विज्ञप्ती जारी गर्दै रिचार्ज बोनस, यूट्यूब डाटा प्याकेज, कम्बो प्याकेज र भ्वाइज प्याकेज जस्ता अफरहरु सार्वजनिक गरेको हो । टेलिकमले विगतमा पनि दशैको अवशर पारेर विभिन्न अफरहरु दिदै आएको थियो ।

टेलिकमले रिचार्ज बोनस अफर अन्तर्गत  ५०, १ सय, ५ सय तथा १ हजार रुपैयाँको रिचाज गर्दा १० प्रतिशत बोनस दिने भएको छ । टेलिकमले १० रुपैयाँ वा सो भन्दा बढी एम्पोस मेसिन मार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराउने छ । यो अफर बिहीबारदेखि आगामी १० गते सम्म लागु हुने टेलिकमले जनाएको छ । टेलिकमले जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम उपलब्ध गराउने विज्ञप्तीमा उल्लेख गरेको छ । टेलिकमका अनुसार यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने साथै ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ । यसैगरी जिएसएम तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मीनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा १६ मीनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध हुने टेलिकमद्वारा जारी विज्ञप्तीमा उल्लेख गरेको छ । विज्ञप्तीमा उल्लेख भए अनुसार ५० रुपैयाँमा ४५ मीनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मीनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन र ३ सय रुपैयाँमा ३६० मीनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुनेछ ।  यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ ।
टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस प्याकेज अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल सेवा समेत उपलब्ध गराउने भएको छ । त्यसैगरी टेलिकमले २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि उपलब्ध गराउने भएको छ । टेलिकमका अनुसार ५० रुपैयाँमा ७५ मीनेट ५ दिन, १ सय रुपैयाँमा २०० मीनेट १० दिन र ३ सय रुपैयाँमा ६५० मिनेट ३० दिनका लागि उपलब्ध हुनेछ ।  यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ ।
यसका साथै टेलिकमले पीएसटीएन सी–फोनमा बोनस, एडिएसएल अफर, एसएमएसमा छुट, फोरजी सिम निःशुल्क परिवर्तन लगायतका अफरहरु समेत सार्वजनिक गरेको छ । टेलिकमले पीएसटीएन सी–फोन सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल २ सय रुपैयाँमा १ सय ७५ स्थानिय कल निःशुल्क उपलब्ध गराइरहेकोमा असोज र कात्तिक महिनामा १००÷१०० स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २ सय ७५ कल निःशुल्क उपलब्ध गराउने भएको छ  ।