गल्छी गाउँपालिकामा शुभकामना आदान प्रदान कार्यक्रम

974 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

21761406_10212306434607882_7917519033215393751_nगल्छी गाउँपालिकाको आयोजनामा  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रवार गल्छी गाउँपालिकाको वडा नम्बर ८ छाङ्गेश्वर मन्दिर परिसरमा विजयादशमी, शुभदिपावली तथा छठ पर्व २०७४ को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल रहनु भएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिना, नेपाली काँग्रेसका प्रतिनिधि गोपिप्रसाद रिमाल, नेकपा एमालेका प्रतिनिधि नरेश खतिवडा, नेकपा माओवादी केन्द्रका प्रतिनिधि रामशरण सेञ्चुरी र राप्रपाका प्रतिनिधि प्रेमवहादुर अधिकारीले शुभकामना मन्तव्य संगै गाउँपालिकाको सवालमा आफ्नो धारणाहरु राख्नु भएको थियो । कार्यक्रममा नमूना वागेश्वरी क्याम्पसका प्रमुख वलराम खतिवडा, वागेश्वरी माविका प्रधानाध्यापक राजनप्रसाद अधिकारी र रिम्स नेपालका प्रतिनिधि झम्क खड्काले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा उपस्थित सहभागीहरुलाई गल्छी गाउँपालिकाका कार्यकारी अधिकृत दिपेन्द्र रेग्मीले स्वागत गर्नु भएको थियो । कार्यक्रममा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुका साथै कार्यपालिकाका सदस्यहरु,विभिन्न राजनैतिक दलका प्रतिनिधि, शिक्षक तथा विभिन्न सहकारी र अन्य संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमका अधिकांश वक्ताहरुले नेपाली संस्कृति र परम्पराको संरक्षणमा जोड दिंदै दशै तिहारलाई कम खर्चिलो वनाएर मनाउनु पर्नेमा जोड दिएका थिए ।