त्रिशूली नदी प्रदुषित हुंदा जलपर्यटन प्रभावित

3503 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ, –मानवीय एवम प्राकृतिक कारणले नेपालका जल तथा नदी सम्पदा जोखिममा पर्न थालेपछि नदीको संरक्षणका लागि सक्रिय सरोकारवालाहरुले चासो व्यक्त गर्न थालेका छन । जलयात्राको पहिलो गन्तव्य मानिएको त्रिशूली नदी केही बर्षयता निकै प्रदुषित र अतिक्रमणको मारमा पर्दै जान थालेको छ । नदी छेउमा बढ्दै गएको अव्यवस्थित वस्ती,अवैध खानी तथा वालुवा प्रशोधित उद्योगका कारण नदीमा प्रदुषण बढेको हो ।
जल सम्पदामा विश्वकै दोश्रो धनी देश नेपालमा नदी संरक्षण नीति नभएका कारण नदी अतिक्रमण, प्रदुषण तथा विनाशका कार्यहरु हुने गरेको भन्दै सरोकारवालाहरुले नदी संरक्षण नीति ल्याउन सरोकारवालहरुले सरकारलाई दवाव दिदैं आएका छन ।
नेपालमा भएका करिव छ हजार नदीनालाहरु मध्ये अधिकांश ठुला नदीहरु पर्यटकीय हिसावले र अन्य खोलाहरु वतावरणीय हिसावले महत्वपुर्ण रहेपनि ती नदी तथा खोला संरक्षण गर्न नीति आवश्यक रहेको नदी संरक्षण अभियानकमिर्हरुको भनाई छ ।
DSC_0456राष्ट्रिय नदी संरक्षण ट्रष्ट नेपालका अध्यक्ष एवम नेपाल ¥याफ्टिङ एसोसिएसनका महासचिव मेघ आले नदीलाई उपयुक्तको आधारमा वर्गिकरण,व्यवस्थापन, संरक्षण र एकिकृत दिगो विकासको लागि नदी नीति निमार्ण गरिनुपर्ने वताउंछन । नेपालका प्रमुख ३ जलाधार क्षेत्र (कोशी, गण्डकी, कर्णाली) मध्ये प्रत्येक क्षेत्रमा एक एक वटा नदीहरुमा बांध नबनाई खुल्ला रुपमा बग्ने नीति अवलम्वन गरी संरक्षित क्षेत्र बनाईनुपर्ने आलेको भनाई छ ।
पर्यटकीय हिसावले महत्वपुर्ण मानिएको त्रिशुली नदी तथा अन्यनदी खण्डहरुलाई जलपर्यटन प्रयोजनका लागि विना अवरोध कार्यहरु संञ्चालन गरिनुपर्ने पर्यटन व्यवसायीहरुको माग छ । नदीमा ढल तथा फोहोर विर्सजन गर्ने तथा डोजर तथा स्क्याभेटर प्रयोग गरी ढुंगा, वालुवा, गिटी निकासी बन्द गरी र नदीहरुमा सञ्चालन भईरहेका पर्यटन (¥याफ्टिङ र कायाकिङ) व्यवस्थित गरेर विश्वमा नेपालको जलपर्यटनलाई प्रमुख गन्तव्य बनाउन सके दिगो आर्थिक विकास हुने आले वताउंछन ।