धादिङमा डेंगुको महामारी, नियन्त्रण गर्न २० टोली परिचाल गरिदै

841 पटक पढिएको

प्रकाशित मिति: १७ आश्विन २०७४, मंगलवार ०९:४३

सम्पादक: Dhading News

Dhading Dengu 2 (3)धादिङ १७ असोज – डेंगु महामारीको रुपमा फैलिएपछि जिल्ला स्वास्थ्य कार्यालय, धादिङले जिल्ला सदरमुकाम, धादिङबेँसी र आसपासका क्षेत्रमा डेंगु नियन्त्रण गर्न २० वटा टोली परिचालन गर्ने भएको छ ।

सोमबार बसेको जिल्ला स्वास्थ्य कार्यालयमा महामारी नियन्त्रण विभागको टोली र जिल्लाका सरोकारवालाहरुको बैठकले २० टोली परिचालन गरी डेंगु नियन्त्रण गर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश्वर श्रेष्ठले जानकारी दिनुभयो । धादिङ जिल्लामा एक साताको अवधिमा २० भन्दा बढी बिरामी जिल्लामा उपचार हुन नसकी काठमाडौँ पठाइएको र केही बिरामी जिल्लामै उपचारका क्रममा रहेका छन् ।

डेंगु नियन्त्रणका लागि प्रत्येक घरमा स्वस्थ्यकर्मीको टोली पुग्ने र लामखुट्टे बस्ने ठाउँको अवलोकन गरी विषादी छर्ने गरी स्वास्थ्यकर्मी विद्या तामाङको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाइएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।


१७ आश्विन २०७४, मंगलवार ०९:४३ मा प्रकाशित

समाचार

सबै

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि सारेको छ । ५ स्थान छनौट गरि तत्काल निमार्ण प्रक्रिया अघि बढाउन सम्भाव्यता अध्ययान गर्नेगरि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....

बिद्यालयमा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम

 सुरक्षित र दिगो यात्रा नेपालको आयोजनामा  नुवाकोटको बेल्कोटगढी नगरपालिका-५ , कोल्पुटार स्थित  महादेव मा.वि. मा.....