काग्रेस धादिङद्धारा केन्द्र र प्रदेशका लागी उम्मेद्धार सिफारिस

6187 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

congresधादिङ,१७ असोज –आगामी मंसिर १० मा हुने केन्द्र तथा प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार छनौट गर्न राजनैतिक दलहरु यति बेला आन्तरिक तयारीमा जुटेका छन ।नेपाली काँग्रेस, धादिङले  प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले २ क्षेत्र भएको प्रतिनिधि सभाका लागि  र ४ क्षेत्र भएको प्रदेशका लागि प्रत्यक्ष  र समानुपातिक तर्फको क्षेत्रीय समितिले सिफारिस गरेका सबैको नाम केन्द्रमा जिल्ला समितिले सिफारिस गरेको हो ।

कार्यसमिति बैठकमा सहमति जुट्न नसकेपछि सबै नाम सिफारिस गरिएको बताइएको छ । केन्द्रीय संसद्का लागि क्षेत्र नं १ बाट विश्वप्रकाश अर्याल, देवप्रकाश त्रिपाठी, विदुर अकौलिया,समानुपातिक तर्फ हरि अधिकारी क्षेत्र नं २ का लागि प्रत्यक्ष तर्फ रमेश धमला, रामनाथ अधिकारी, दिलमान पाख्रिन, डा.राजाराम कार्की, गंगाराम तामाङको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ शिवराज अधिकारी,चिजकुमार श्रेष्ठ, ऋषिराज धमला र भोजबहादुर परियारको नाम सिफारिस गरिएको छ ।

यसैगरी, प्रदेश संसद्का लागि   प्रदेश सभा क्षेत्र नं १ (धुनिवेसी नगरपालिका, थांक्रे र गल्छी गाउँपालिका ) प्रत्यक्ष तर्फ  अर्जुन उप्रेती,बाबुकृष्ण सापकोटा,मधुकुमार श्रेष्ठ र रविसुदन थापाको नाम सिफारिश भएको छ ।यस क्षेत्रबाट  समानुपातिक तर्फका लागि विरवल राई दनुवार,उर्मिला कडेंल कलादेवी खतिवडा र बुद्धलक्ष्मी लामाको नाम सिफारिश भएको नेपाली कांग्रेसले जनाएको छ ।

प्रदेश सभा क्षेत्र नं २ (गजुरी,सिद्धलेक र वेनिघाट रोराङ गाउँपालिका ) प्रत्यक्ष तर्फ खिल गिरी, कविता इटनी, बद्री अर्याल, हरिभक्त त्रिपाठी, प्रभातकिरण सुवेदी  र समानुपातिक तर्फ नन्दलाल श्रेष्ठ, टेकबहादुर प्रजा (चेपाङ), उर्मिला  थपलिया (सीता )को नाम सिफारिश गरिएको छ ।

      प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र नम्बर १ का लागि  (नीलकण्ठ नगरपालिकाको वडा नम्बर ११  साविक ज्यामरुङ गाविस बाहेक नीलकण्ठ नगरपालिका,ज्वालामुखी र नेत्रावती गाउँपालिका) प्रत्यक्ष तर्फ  यमनाथ दनै, झंकनारायण श्रेष्ठ,कल्पना अधिकारी,राकेश धमला,गोविन्द लंम्साल र  टिकानिधि काप्रीको नाम सिफारिस गरिएको छ ।  समानुपातिक तर्फ नारायणकुमार श्रेष्ठ,अम्बिका अधिकारी,गोपाल विश्वकर्मा, शंकर दर्जी दिनेशबहादुर गुरुङ र भगवती उप्रेतीको नाम सिफारिश गरिएको छ ।

प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र नम्बर २  (नीलकण्ठ नगरपालिकाको वडा नम्बर ११,त्रिपुरासुन्दी,गंगाजमुना,रुवीभ्याली र खनियावास गाउँपालिका) का लागि प्रत्यक्ष तर्फ तिलकप्रसाद रुवाली,हरिराम बुर्लाकोटी,फणिकान्त छत्कुली र  सेतेमान (उर्जा) घलेको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ भक्तबहादुर लामा, दुर्गा दाहाल, दिपन वाइवा तामाङ, दलबहादुर अधिकारी, शेरबहादुर तामाङ,राजेन्द्र अर्याल,अर्जुनबहादुर थापा, अक्कलबहादुर तामाङको नाम सिफारिस गरिएको नेपाली काँग्रेस धादिङले जनाएको छ ।