छिमेकीद्वारा धादिङमा पाँच वर्षीय बालकको हत्या

783 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आश्विन २२,-बेनिघाट रोराङ–१, बुन्द्रीमा काठको मुङग्रो प्रहारबाट छिमेकी युवाले पाँच वर्षीय बालकको हत्या गरेका छन् ।

छिमेकी २५ वर्षीय आसमान तामाङले लुगा धुदा प्रयोग गरिने काठको मुङ्ग्रो प्रहार गर्दा साजन तामाङको छोरा ५ वर्षीय विवेक तामाङको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा काठको मुङ्ग्रोमा रगत लतपतिएको भेटिएको छ ।

मृतक विवेक तामाङको टाउकोमा गहिरो चोट लागेको छ । स्थानीयले आसमान तामाङलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी खटिएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक वरुण बहादुर सिंहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।