एमालेले ९९ र माओवादी केन्द्रले ६६ क्षेत्रमा उम्मेदवारी दिने

865 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesकाठमाडौं, असोज २२ । आगामी निर्वाचनका लागि क्षेत्र निर्धारण गर्न बसेको वाम गठबनधन क्षेत्र निर्धारण कार्यदलले यसअघिका निर्वाचनमा प्राप्त गरेको मतसंख्यालाई आधार बनाएर सिट वाँडफाँड गर्ने सहमति गरेको छ ।

त्यस आधारमा अब एमालेले प्रतिनिधि सभामा ९९ र प्रदेश सभामा १९८ सिटमा उम्मेदवारी दिनेछ भने माओवादी केन्द्रले प्रतिनिधिसभामा ६६ र प्रदेशसभामा १३२ क्षेत्रमा उम्मेदवारी दिनेछन् ।

शनिबार बसेको कार्यदलको बैठकले जिल्ला र क्षेत्रगत रुपमा प्राप्त गरेका मतलाई आधार बनाएर सिट संख्या बाड्ने निर्णय गरेका हुन् ।बैठकमा एमालेले प्रस्तुत गरेको विवरणमा आधारित भएर दुवै दलले क्षेत्रगत र जिल्लागत रुपमा जित्न सक्ने उम्मेदवार र पार्टीको अवस्थाका बिषयमा छलफल गरी माओवादी केन्द्र र एमालेले अघिल्ला निर्वाचनमा लिएको अग्रताको विवरणमा केन्द्रित हुँदै सिट वाँडफाँडगर्न लागेका हुन् ।

‘आजै ड्राफ्ट बनाइसकेका छौं, भोलि प्रचण्ड र केपी ओलीलाई देखाएर अन्तिम रुप दिन्छौं’- एक नेताले भने । एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार भोली शिर्षनेतासँग संयुक्त छलफल गरेर कार्यदलले निर्वाचन क्षेत्र निर्धारण गर्ने जानकारी दिए ।

कार्यदलमा एमालेबाट इश्वर पोखरेल, विष्णु पौडेल माओवादी केन्द्रबाट बादल, अनन्त,मातृका यादव लगायतका नेता छन् ।