निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या

1563 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Sarad-gauchanकाठमाडौंः काठमाडौंको शान्तिनगरस्थित खरीबोट चाेकमा गोली लागेर गम्भीर घाइते भएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ ।

गोली लाग्नासाथ मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै मृत्यु भइसकेको चिकित्सकले जनाएका छन् ।

अस्पतालका डा. विमल थापाका अनुसार गौचनलाई अस्पताल पुर्याउँदा उनको श्वासप्रश्वास बन्द भइसकेको थियो ।

डाँफे कन्ट्रक्सनका प्रबन्ध निर्देशकसमेत रहेका गौचनको मृत्यु भइसकेको प्रहरीलेसमेत पुष्टि गरेको छ । प्रहरीका अनुसार गौचनलाई खरिबोट चोकमा मोटरसाइकलमा आएका दुई जनामध्ये एक जनाले पेस्तोलबाट गोली प्रहार गरेका थिए ।

गौचनको टाउको, बायाँ कोख र छातीमा तीन गोली लागेको थियो । मोटरसाइकलमा आएका दुई व्यक्तिले गौचन चढेको गाडीमा इट्टा प्रहार गरेको र गाडीबाट झरेपछि गोली प्रहार गरी भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

गोली चलेको खबर पाउनासाथ प्रहरी अनुसन्धानमा जुटेको छ ।