दामगाडेमा बस पल्टिंदा ४३ जना घाईते

1012 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Accident bus Dhading -3धादिङ,२४ असोज  :धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने गुम्दीबाट सदरमुकाम धादिङबेसी तर्फ आउँदै गरेको यात्रुवाहक बस सदरमुकाम नजिकै दुर्घटना हुंदा ४३ जना घाईते भएका छन । घाईते मध्ये ७ जनाको अवस्था गम्भिर रहेको छ ।

उत्तरी धादिङको गंगाजमुना गाउँपालिकामा पर्ने गुम्दीबाट सदरमुकाम धादिङबेसी आउँदै गरेको बा ३ ख ४७८ नम्बरको बस मंगलबार दिउँसो ३ वजे तिर नीलकण्ठ नगरपालिका वडा नम्बर १२ कुमालगाउँमा दुर्घटना हुँदा ४३ यात्रु घाइते भएका छन् ।
दुर्घटनापछि गाउँबासी, रेडक्रसकर्मी, नेपाल प्रहरी लयातले उघार गरि सबै घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको उद्धारमा खटिएका प्रहरी नायव उपरिक्षक रामबहादुर केसीले बताउनुभयो ।
गम्भीर घाइते भएकामध्ये ६ जनाको थप उपचारका लागि काठमाण्डौ स्थित ट्रमा सेन्टरमा रिफर गरिएको छ । एकै पटक ठूलो संख्यामा विरामीहरु जिल्ला अस्पतालमा उपचारका लागि आएपछि अस्पतालले भुइमै राखेर उपचार गरेको थियो ।
चाडबाडको बेला सदरमुकाम किनमेल गर्न र भुकम्पप्रभावितको दोश्रो किस्ताको रकम लिन सदरमुकाम आएका यात्रुहरु खचाखच भरिएको यात्रुबस अत्याधिक गतिमा गुडेको थियो ।
साङकोष तिप्लीङ सडक मार्गमा पर्ने सो स्थानमा अत्याधिक गतिका कारण सदरमुकाम नजिकै एउटा सानो मोडबाट बस खेतमा खसेको थियो ।
22366435_497146450641494_8531594830872081765_nदुर्घटनाको लगत्तै घटनास्थल पुगेका स्थानीयवासी,सदरमुकामबाट गएको प्रहरी तथा रेडक्रस टोली लगायतले घाईतेहरुको उद्धार गरेका थिए । घटनास्थल सदरमुकाम धादिङबेसीबाट ५ मिनेटको दुरीमा रहेको कारण उद्धार तत्काल सम्भव भएको हो । गम्भिर घाईतेहरुलाई काठमाण्डौं पठाईएपनि अन्य घाईतेहरुको भने जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ ।