पाँच जना अभियुक्त सार्वजनिक

1056 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

pakrauधादिङ, २५ असोज- विभिन्न अपराधजन्य कृयाकलापमा संलग्न रहेको आरोपमा धादिङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
हत्या,लागु औषध ओसार पसार र बलत्कार जस्ता गम्भिर किसिमको अपराधीक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको हो ।
जिल्लामा अपराधीक क्रियाकलापहरु बढ्दै जान थालेपछि जिल्लाभरका सुरक्षा निकायलाई सक्रिय बनाई चाड पर्व लक्षित सुरक्षा रणनिति लागु गरी विभिन्न अपराधमा संलग्न रहेको आरोप लागेकाहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कायालय धादिङले जनाएको छ ।
पक्राउ पर्नेहरुमा लागु औषध गाँजाको कारोवारमा संलग्न तनहुको आबुखैरेनी गाँउपालीका –९ बस्ने कुलवहादुर गुरुङ,सोही ठाँउका सरस्वती गुरुङ र चितवन जिल्ला ईच्छाकामना गाउँपालीका निवासी–२४ वर्षिय किसन गुरुङ रहेका छन । त्यसै गरी १५ वर्षिया वालिकालाई जर्वजस्तिकरणी गरेको अभियोगमा पक्राउ परेका मकवानपुरका १८ वर्षिय शुक्र लोप्चन बालक हत्याको अभियोग लागेका धादिङको बेनीघाटरोराङ्ग गाँउपालीका बस्ने–२५ वर्षिय आशमान तामाङ्ग रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
तामाङ्गले ३ दिन अघि मात्रै बेनीघाट रोराङ्ग गाँउपालीका ब्रुम्दीका पाँच वर्षिय बालक विजय तामाङ्गलाई मुग्राले हानी हत्या गरेको पुष्टि भएको पनि प्रहरीले जनाएको छ ।
यसै गरी असोज २१ गते जिल्लाकै सिद्धलेक गाउँपालिका वडा नम्बर ७ का रामशरण सेढाईको घरबाट तास खेलिरहेको अवस्थामा नौ जनालाई दुई लाख नगद पक्राउ गरी सबैलाइ जिल्ला अदालत धादिङबाट म्याद थप गराई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाईएको प्रहरीले जानकारी दिएको छ ।