धादिङ लगायत ३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

1200 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Nirbachanaayogकाठमाडौं २९ असोज, । मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आईतबार  निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको निर्वाचन आयोगले जनाएको छ ।

   दुई निर्वाचन क्षेत्र रहेको धादिङमा  धादिङ क्षेत्र नं २ मा धादिङ जिल्ला अदालतका  जिल्ला न्यायधिस उमेश कोइरालालाई मुख्य निर्वाचन अधिकृतको रुपमा तोकिएको छ । त्यस्तै क्षेत्र नं १ मा जिल्ला सरकारी वकिल कार्यालयका मुख्य न्यायधिबक्ता योगनाथ ढकाललाई निर्वाचन अधिकृत तोकिएको छ ।

पहिलो चरणमा निर्वाचन हुने प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुंगा, भोजपुर, संखुवासभा र सोलुखुम्बु, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखामा कार्यालय स्थापना गरिएको छ ।दोस्रो चरणमा निर्वाचन हुने बाँकी ४५ जिल्लामा आगामी कात्तिक ९ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम छ ।

यसैगरी प्रदेश नम्बर ५ का रुकुम-पूर्वी भाग र रोल्पा, प्रदेश नम्बर ६ का रुकुम-पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र वैतडी मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।