दुई महिनामै २६ हजार युवा मलेसिया पुगे

57 पटक पढिएको

प्रकाशित मिति: ३ कार्तिक २०७४, शुक्रबार १९:१८

सम्पादक: Dhading News

 804078733go-kuala-lumpurचालू आर्थिक वर्ष २०७४/७५ को साउन र भदौमा वैदेशिक रोजगारीका लागि २६ हजार चार सय ७२ युवा मलेसिया गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार भदौमा मात्रै म्यानपावरमार्फत नयाँ भिसामा १२ हजार ५० युवा रोजगारी गर्न मलेसिया पुगेका छन्। यसमा ११ हजार सात सय ७१ पुरुष र दुई सय ७९ महिला छन्।

यसैगरी भदौ महिनामै व्यक्तिगत श्रम स्वीकृति लिएर १९ सय ६६ युवा मलेसिया गएका छन्। संस्थागत (म्यानपावर) र व्यक्तितर्फ गरी भदौमा मात्रै श्रम स्वीकृति लिँदै मलेसिया पुग्नेको संख्या १४ हजार १६ पुगेको विभागले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ। यसैगरी साउनमा १२ हजार चार सय ५६ युवा रोजगारीका लागि मलेसिया पलायन भएका थिए।

चालू आवको भदौ महिनामा मात्रै ५१ हजार ७६ युवा रोजगारीकै लागि विश्वका विभिन्न मुलुक पुगेका छन्। चालू आवको सुरुसँगै मलेसिया जाने युवाको संख्याका ह्वात्तै बढेको छ। खाडीको आन्तरिक द्वन्द्व र कतारलाई एक्ल्याउन खोज्दा युवाको रोजाइ मलेसिया बन्न पुगेको छ। खाडी राष्ट्रबाट हुने कामदार माग दिनदिनै घटेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन्। खाडीका जाने युवाले विकल्पका रूपमा अहिले मलेसिया रोज्न थालेको उनको भनाइ छ।

गत आवको साउन महिनामा म्यानपावरमार्फत ६ हजार सात सय एकजना र भदौ महिनामा सात हजार दुई सय ९२ युवा मलेसिया गएका थिए।
चालू आवको दुई महिनामा म्यानपावरमार्फत मलेसिया जाने युवाको संख्या गत आवको दुई महिनाभन्दा नौ हजारभन्दा बढी छ। गत आवको दुई महिनामा म्यानपावरमार्फत १३ हजार नौ सय ९३ युवा रोजगारीका लागि मलेसिया पुगेका थिए भने चालू आवको दुई महिनामा २३ हजार दुई सय १७ युवा मलेसिया पुगेका छन्।

गत आवमा मासिक सरदर ११ देखि १२ हजार युवाको रोजाइमा परेको कतार जानेको संख्या भने चालू आवको सुरुसँगै भन्डै ५० प्रतिशतले गिरावट आएको छ। चालू आवको दुई महिनामा १३ हजार दुई सय ६६ युवा रोजगारीका लागि कतार पुगेको विभागले जानकारी दिएको छ। तर गत आवको सोही अवधिमा ३१ हजार पाँच सय ६ युवा कतार पुगेका थिए। साउदी, दुबई, ओमन र बहराइन जाने युवाको संख्या पनि गत आवभन्दा चालू आवमा ५० प्रतिशतले गिरावट आएको देखिन्छ।

मलेसिया जानेको संख्या ह्वात्तै बढे पनि समग्रमा म्यानपावरमार्फत रोजगारीका लागि विदेश जानको संख्यामा भने गिरावट आएको छ। गत आवको साउन र भदौमा म्यानपावरमार्फत ६५ हजार पाँच सय २१ युवा विश्वका विभिन्न मुलुकमा रोजागरीका लागि पुगेका थिए। तर चालू आवको साउन र भदौमा गरी ५९ हजार दुई सय सात युवा रोजगारीका लागि विदेश पलाएन भएका छन्। योसँगै चालू आवको दुई महिनामा कोरिया जानेको संख्या एक हजार तीन सय ३८ छ। यसमध्ये २७ जना महिला छन्। अन्नपुर्ण पोष्ट दैनिकबाट ।


३ कार्तिक २०७४, शुक्रबार १९:१८ मा प्रकाशित

Dhading Galaudi mahotsav 2073

समाचार

सबै

छिमेकी झगडामा एक घाइते, पार्टीहरुबीच आरोप प्रत्यारोप

धादिङ   ८ मंसिर  -छिमेकी छिमेकी विच भएको झगडालाई धादिङको धुवाकोटमा राजनीतिकरण भएपछि पार्टीहरुबीच आरोप प्रत्यारोप सुरु भएको छ । नीलकण्ठ नगरपालिका वडा न.ं १४ धुवाकोटको टारमा शुक्रबार विहान छिमेकीहरुबीच.....

निर्वाचन विथोल्न धादिङमा श्रृङखलाबद्ध रुपमा बम आतंक

धादिङ - निर्वाचन विथोल्ने नियतले धादिङमा एक साता यता श्रृङखलाबद्ध रुपमा वम आतंक मच्चाईएको छ । शुक्रवार  विहान.....

नेपाल बन्द हल्ला मात्रै: विप्लव

मंसिर ८ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गर्ने भनेको नेपाल बन्द हल्ला मात्रै भएको जनाएको छ.....

धादिङमा प्रतिनिधिसभालाई समेत छायामा पार्दै प्रदेशका ‘हेभीवेट’ उम्मेदवार

  काठमाडौं : देशैभरमा प्रदेशसभा निर्वाचन प्रतिनिधिसभा निर्वाचनको छायामा परेको महसुस भइरहेका बेला धादिङमा भने.....

पृथ्वीराजमार्गमा भेटिएको बम निष्क्रिय

धादिङ, ५ मंसिर  :धादिङको निर्वाचन क्षेत्र नमबर १ मा पर्ने गजुरी गाउँपालिका वडा नं २ बिहानीपम्प नजिकै.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana