७ सय १६ जनाको उम्मेदवारी कायम

745 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Nirbachanaayogकाठमाडौ, ८ कात्तिक ।आगामी मंसीर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा पहिलो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ ७ सय १६ जनाको उम्मेदवारी कायम रहेको छ ।
निर्वाचन आयोगले बुधबार अपरान्ह अन्तिम नामावली प्रकाशित गर्दै प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ ७ सय १६ जनाको उम्मेदवारी कायम रहेको जानकारी गराएको हो । आयोगका प्रवक्ता नवराज ढकालले प्रदेश सभा र प्रतिनिधि सभामा गरी ८७ जनाले उम्मेदवारी फिर्ता लिएको पनि स्पष्ट पार्नु भयो ।
निर्वाचन आयोगमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि ३२ जिल्लामा ८ सय ३ जनाको उम्मेदवारी परेकोमा ८७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन । आयोगका प्रवक्ता ढकालले सबैभन्दा बढि उम्मेदवारी दोलखामा परेको पनि बताउनु भयो ।
निर्वाचन आयोगले आगामी शुक्रबारबाट प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छपाईको काम सुरु गर्ने तयारी पनि गरेको छ । शुक्रबारबाट प्रत्यक्षतर्फको मतपत्र छपाईको काम सूरु हुने पनि प्रवक्ता ढकालले जानकारी दिनु भयो ।
निर्वाचन आयोगले समय अभावको कारणले पनि प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मतपत्र छुट्टाछुट्टै छपाउन सक्ने अवस्था भने नरहेको पनि स्पष्ट पारेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र छपाईको कामलाई पनि तीव्र गतिमा अघि बढाएको जनाएको छ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहित उलंघन नगर्न पनि सरकार, राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई पनि पटक पटक सचेत गराउँदै आएको छ । प्रदेश सभा र प्रतिनिधि सभा दोस्रो चरणको निर्वाचनमा भने कार्तिक २१ गते हुँदैछ ।