logo

समानुपातिक मतपत्रमा ३९ दलको चिह्न औचित्यहीन

751 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 काठमाडौं-निर्वाचन आयोगले १० र २१ मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि छापेको समानुपातिक प्रणालीतर्फको मतपत्रमा रहेका ३९ निर्वाचन चिह्न औचित्यहीन हुने भएका छन् । आयोगले दल दर्ताका लागि निवेदन दिएका आधारमा समानुपातिकतर्फको निर्वाचन प्रयोजनका लागि मतपत्र छापेपछि मतपत्रमा समावेश ३९ दलको निर्वाचन चिह्न औचित्यहीन हुने भएका हुन् । समानुपातिक तर्फको निर्वाचनका लागि आयोगमा दर्ता भएका ८८ दलमध्ये ४९ दलले मात्र उमेदवारको बन्दसूची बुझाएका छन्  राजधानी दैनिकमा खबर छ ।

vote-nirbachan-aayog-300x173

प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले आयोगले दलहरूलाई सुरुमा नै दल दर्ताका लागि सूचना दिएको तर दलहरूले दर्ताका लागि दिएको निवेदनअनुसार निर्वाचन प्रक्रियामा सहभागी हुन उमेदवारको बन्दसूची बुझाउँन नआउँदा समस्या आएको बताए ।

‘आयोगले सुरुमा नै दल दर्ताका लागि सूचना निकालेको हो, हामीले दलको निवेदनका आधारमा नै समानुपातिक प्रणालीतर्फको मतपत्र छापेका हौं । तर, २९ असोजमा समानुपातिकतर्फको बन्दसूची बुझाउन दल दर्ताका लागि निवेदन दिएभन्दा कम दलहरू आउनुभयो,’ प्रमुख आयुक्त यादवले भने, ‘अब ४९ दलबाहेकको चिह्नमा प्राप्त मत गनिँदैन, बदर मानिन्छ ।’

आयोगले दलहरूलाई दल दर्ताका लागि दिएको समय ११ भदौसम्म दर्ता भएका दलको निवेदनका आधारमा गत २२ भदौमा ८८ दललाई निर्वाचन चिह्न दिएको थियो । सो समय भित्र ८८ दलले निर्वाचन प्रयोजनका लागि दर्ता गर्न भन्दै दिएको निवेदनका आधारमा ८८ दललाई निर्वाचन चिह्न दिएको हो । त्यसलाई नै आधार मानेर आयोगले मतपत्र छापेपछि ३९ दलको चिह्नमा प्राप्त मत बदर हुने अवस्था आएको हो ।

आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बन्दसूचीमा उम्मेदवारको नाम समावेश गरेर सूची बुझाएका दलको चिह्नमा प्राप्त मतलाई मात्र सदर मत मानेर गणना गरिने र उम्मेदवारी नै नदिएका बाँकी चिह्नमा प्राप्त मतलाई बदर मत मानिने जानकारी दिए ।

आयोगका छापेको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रमा माथिल्लो भागमा प्रतिनिधिसभाको र तल्लो भागमा प्रदेशसभाको निर्वाचन चिह्न समावेश छ । जसअनुसार माथिल्लो भागमा ८८ चिह्न हुनेछ भने तल्लो भागमा प्रदेशअनुसार नै फरकफरक चिह्न हुनेछ । प्रदेश तर्फको मतपत्रको चिह्न भने आयोगले प्रदेशमा भाग लिन निवेदन दिएका दलका आधारमा चिह्न समावेश गरेको हो । आयोगले समानुपातिक तर्फका लागि मात्रै १ करोड ७० लाखभन्दा बढी मतपत्र छापेको छ ।

७०२ उम्मेदवारलाई निर्वाचन चिह्न

काठमाडौं / रास– निर्वाचन आयोगले १० मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ७ सय २ उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगले कार्यतालिकाअनुसार बुधबार पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ७ सय २ उम्मेदवारलाई निर्वाचन चिह्न दिएको हो ।

प्रत्यक्षतर्फको निर्वाचन प्रयोजनका लागि ५ कात्तिकमा ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ पदका लागि जम्मा ८ सय ३ जना उम्मेदवारको उम्मेदवारी मनोनयन दर्ता कायम भएको थियो । सोमध्ये बुधबार सय जनाको उम्मेदवारी फिर्ता भएको आयोगले जनाएको हो । यस्तै, एक जनाको उम्मेदवारी रद्द भएको छ । आयोगले सम्बन्धित जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरेको जनाएको हो ।

सूचना प्रविधि महाशाखाबाट प्राप्त जानकारीअनुसार प्रदेशसभातर्फ ४ सय ८१ र प्रतिनिधिसभातर्फ ३ सय २२ उम्मेदवारहरुमध्ये प्रदेशसभाका ६० र प्रतिनिधिसभाका ४० जनाको उम्मेदवारी फिर्ता भएको छ भने प्रदेशसभातर्फ एकजनाको उम्मेदवारी रद्द भएको छ । दोलखा जिल्लाका प्रदेशसभातर्फका जनसमाजवादी पार्टीका उम्मेदवार लक्ष्मण विश्वकर्माको उम्मेदवारी रद्द भएको आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic