धादिङमा चुनावी कार्यक्रम तीव्र, गाउँ/गाउँमा सभा

1018 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

23130815_1272166029555481_1431903625884500215_nधादिङ -निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवार गाउँ/गाउँमा सभा र भेटघाट गर्दै मतदातासँग आफ्नो पक्षमा मत माग्दै हिँडेका छन् ।

मौसम चिसिए पनि यहाँ चुनावी सरगर्मी तातेको छ । गाउँवासी मेलापातमा रहने समय भएकोले उम्मेदवार पनि गाउँमा भेला गर्दै हिँड्ने र किसानलाई मेलापातमै भेटेर चुनावी अभियान सञ्चालन गरिरहेको देखिन्छ ।

वाम गठबन्धनका उम्मेदवार धादिङको गाउँबस्तीमा सभा गरिरहेका छन् । सदरमुकाम आसपासको क्षेत्रमा कार्यकर्ता भेटघाट र किसान मतदातासँग गुनासो सुन्ने र सम्बोधन गर्ने कार्यक्रममा व्यस्त रहेको नेकपा एमालेका प्रदेशसभाका उम्मेदवार डा रामकुमार अधिकारीले बताउनुभयो ।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विकट उत्तरी धादिङको लापा, तिप्लिङ, सेर्तुङमा दिउँसो सभा र बेलुका कार्यकर्ता भेटघाटमा व्यस्त भएको नेपाली काँग्रेस प्रतिनिधि सभाका उम्मेदवार दिलमान पाख्रीनले बताउनुभयो ।

23244202_782312575304473_3701041722291129054_nलोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन दुवैले बूढीगण्डकी परियोजना सञ्ंचालन, भूकम्पपीडितको पुनःनिर्माण, कृषि व्यावसायिक क्षेत्र, पर्यटनको पूर्वाधार विकास र आम्दानी बढाउने योजना, सडक योजनाको निर्माण लगायतका विषयलाई चुनावी नारा बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

प्रतिनिधिसभाको २ निर्वाचन क्षेत्र र प्रदेश सभामा– ४ निर्वाचन क्षेत्र रहेको धादिङमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्दा कडा हुनेदेखिन्छ ।

यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका खेमप्रसाद लोहनी र लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका दिलमान पाख्रिन उम्मेदवार हुनुभएको छ । दिलमान पाख्रिन वर्तमान सरकारका कानून राज्यमन्त्री हुन् ।

प्रतिनिधि सभा क्षेत्र नं २ एक लाख १५ हजार ३५५ मतदाता रहेकाछन् । प्रदेश सभामा वामगठबन्धनमा नेकपा एमाले र माओवादी केन्द्रले दुई÷दुई क्षेत्र भागबण्डा गरेका छन् भने लोकतान्त्रिक गठबन्धनमा नेपाली काँग्रेसले ३ क्षेत्र लिएको छ भने १ क्षेत्र राप्रपालाई छाडेको छ । यसअघि प्रत्यक्ष निर्वाचनमा भाग लिँदै आएका राप्रपाका वुद्धिमान तामाङ यसपटक प्रत्यक्ष निर्वाचनमा सहभागी भएका छैनन् ।