काइते र आइते कहिलेसम्म नाइके ?

849 पटक पढिएको

सम्पादक: Dhadingnews.com

बद्रीप्रसाद दाहाल
नेपाली  समाजमा  काइते  र  आइतेले माउतेको बिंडो थाम्दा हाम्रा  जनताले  ढिंडो त परै  जाओस् खोले  पनि  खान  नपाउने थिति आइसक्यो ।  राजनीतिदेखि थालनीतिसम्म जालनीतिले राज  गरेको अहिले–को विद्रूप  स्थितिले  दुइ नंबरीहरुकै  हाकोडाको मच्चिएको देख्दा कुन इ–मान्दारको मुटु  कुटुकुटु  खॉदैन  र ? ‘हर्रो  नपाउ‘दो जाइफल धाउ‘दो ’खाले बोक्रेहरुको  छोक्रे  भीडले  हामी  सबैलाई  धोक्रे  बनाउने  भैसक्यो । ‘जले विष्णु स्थले विष्णुः .विष्णु पर्वत  मस्तके………भनेझैं  यतिखेर जतासुकै सिन्डिगेटले थ्रेट गरेको छ । चार दलीय सिन्डिगेटलाई  जितेर उपभोक्ताको  रगतपसिना  घिचेर ब्रह्मलूटमा जनतालाई  थिच्ने  कुकाममा  निजीदेखि सबै क्षेत्र क्रियाशील भएको  देख्दा  कुन  न्यायप्रेमी हाइड्र्रोजन  बम हुन खोज्दैन  र ?

नेपालका तथाकथित पेशेवर र  व्यवसायी भनिनेहरुले लुटलाई नै    अध्यवसाय  बनाएका  छन् । अनुहार  न दनुवारका  वञ्चक संघका सरदारहरुले वेला न कुवेला अमानवीय आन्दोलन गरेर राज्यमा  अराजकता  मच्चाउने  क्रममा  बढोत्तरी गरिरहेको देख्दा जसको  पनि कन्सिरीको रौं तातिरहेको  छ ।    स्वतन्त्रतालाई स्वच्छन्दतामा रुपान्तरण  गर्ने यी डनपन्थी र धनपन्थी विचौलिया मुलुककै  भयकारी  भाइरस  हुन् । सुनमा कालो बजार  भयो भनेर अनुगमन  गर्दा आन्दोलन गरेर सरकारलाई  घु‘डा टेकाउने लु‘डाहरुलाई कसले  कु‘डा–कर्कट भनेर  ठेगान गर्ने ? के यस्तो व्यवहारले  अर्को    जङ्गबहादुरको  आमन्त्रणा गरेको हैन ? १८क्यारेटलाई  २०भन्नु पर्ने २० लाई २२ गर्दै बढाएर   मिसावट  गर्न पाउनुपर्ने  र पर्याप्त  रसायन  गरी  गहना  बनाउन  एकाधिकार रहनु पर्ने   तुच्छ  माग पूरा गरेर सरकारले  स्वयं दुइनंबरीहरुलाई  नंबरी  बनाउन   तथास्तु गरेको देख्दा यिनीहरुलाई सरकार  भन्नुभन्दा  आइते , काइते , भाते , छाते  र खाते मण्डली  भन्न किन  नपाउने ?

ट्याक्सीको  मिटर  बिगारेर यात्रुहरुसित मनग्गे लुट्न  पाउने छूट हुनुपर्छ  भनेर ट्याक्सी व्यवसायीहरुले आन्दोलन मच्चाएर सरकारलाई थच्याउ‘छ  भने यस्तो  अराजकतालाई  लोकतन्त्रको  जलप लगाउनु  भनेको सोझै  भीडतन्त्रलाई  अनुमोदन  गर्नु  हो । भर्खरै काकाकुल सहरको  रुपमा परिचित काठमाडौंलाई महाकाकाकुल  मशानमा परिणत  गर्न सात सय पानी  ट्याङ्कर  र जार  उद्योग आन्दोलनको पालिस  लगाएर आतापि र वातापि बनेको   देख्दा कसलाई  अगस्ति  बन्न  जङ उठ्दैन  र ? प्राणी जगत्कै  प्राण  र  त्राण  ‘पानी’  बन्द  गरेर आततायी बनेका  कथित व्यवसायीका  गलत  माग  पूरा  गर्ने  ब्वॉसाबाट  राज्य  चल्छ  भनेर  देख्ने दलका  शीर्षस्थहरुको  पादस्थ उचाइ  जनताले  राम्रैसित छामिसके । ओजनै  नपुग्ने  ग्यॉस  उपभोक्तालाई  भिराएर कमिसनसहित  अथाह  क्यॉस आर्जन  गर्न  दत्तचित्त  उपभोक्तामारालाई टिकिट्यॉस  गर्न  घडी  डुबिसकेको  छ । जुनसुकै  वर्गले  राखेका  अनुचित  मागलाई पनि  पूरा  गर्दै सत्ताधिस्थ  हुने  यो निर्दलीय  सरकारले  दलीय  पध्दति  नै  इतितसत् पार्ने  भयो !

उता  झन्नै  दर्जनभन्दा  बढी दूध उद्योग  जो गुणस्तरहीन दूध उत्पादन  गरेर  जनस्वास्थ्यमा  धाबा  बोलेर  हाबाकाबा  मच्चाइरहेका  छन्  त्यस्ता  अधर्मी  उद्योगलाई  कर्मी  बनाउन सरकार  नामधारी न्वार–नदेखिको  बल  झिकेर होस्टे ! हैसे ! गरिरहेको  छ । दिसामा अर्थात् मानव मलमा  पाइने ‘ कोलिफर्म ’ दूधमा  फर्मेसन  गर्दा  पनि यो हलाहल  मिसाउन  छूट दिने भूतहरुले देश  हॉक्ला  भन्नु  त ढुङ्गा टुसाउने र उन्यू  फुल्ने  कहावत  वा  सपनामा  खोले खाएको जस्तै हुने  भयो । वास्तवमा सरकार  भनेको त  जनसरोकारलाई पूर्ण  गर्ने संस्था हो । त्यसैले त हाम्रा गुरु  भन्नुहुन्थ्यो ‘‘ सर्बं करोति  इति सर्बकारः ’’ अर्थात् मुलुकमा जनसेवा–खातिर  सबै  थोक  गर्ने  हुती वा तागत  भएको संस्था  नै  सर्बकार  अर्थात्  सरकार  हो ।  व्यवसायीका  नाममा  छाडा सॉढा भएकाहरुको नाङ्गो नाचलाई सरकार  नामधारी गलगॉडाहरुले ऑखामा  फुलो  पारेर कति  दिन चुनाब  गर्ने नाममा आपूm र आफ्नाका भु‘डीलाई घ्याम्पोजत्रै  बनाइरहने  हो ? जनता ज्वालामुखी  बनिसकेका  छन् । दैनिक उपभोग्य वस्तुहरुमा मन्दविष  मिसाउन पाउनु  पर्ने मागका  चॉग थुपारेर जनविरो–धी  हॉक  पछार्ने व्यवसायीको  नामका कलङ्कलाई परिसीमन  गर्न ‘आगलागी  झुपडी डेढ घडी भद्रा ’ भनेर जोखान हेर्न  पाइन्न ! खबरदार ! काइते र आइते ! कमिसनको  दुर्गन्धित झुसिलो डकार फुस फुस पार्ने झुस नाइकेहरु !  त्यसैले  त जनता  भनिरहेका  छन् — ‘ काइते र आइते कहिलेसम्म  यो  देशका  नाइके  भइरहने  हो ? ’
समाप्तम्