मतदाताको घरदैलोमा मतदाता शिक्षा कार्यकर्ता

61 पटक पढिएको

प्रकाशित मिति: २५ कार्तिक २०७४, शनिबार १८:३१

सम्पादक: Dhading News

vote-nirbachan-aayog-300x173काठमाडौँ ।  निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि  प्रत्येक मतदाताको घरदैलोमा पुग्ने गरी मतदाता शिक्षा कार्यकर्ता खटाएको छ ।

प्रत्येक मतदान केन्द्रमा कम्तीमा एकजना जनशक्ति रहनेगरी २० हजारको संख्यामा मतदाता शिक्षा कार्यकर्ता खटाइएको निर्वाचन आयोगका सहसचिव नवराज ढकालले जानकारी दिए ।

एकजना मतदाता शिक्षा कार्यकर्ताले २०० घर परिवार अर्थात् एउटा मतदान केन्द्रमा मतदान गर्न आउने बढीमा एक हजार ६४ जना मतदातालाई सही तरिकाले मतसंकेत गर्न सिकाउने छन् ।

मतदातालाई सहीरुपमा मतसंकेत गर्न सिकाउनुका साथै मतदानको महत्व र मतदान गर्ने तरिकाबारे ज्ञान दिने तथा मतदान गर्न प्रेरित गर्नेछन् । मतदाता शिक्षा कार्यकर्ताले मतदातालाई खासगरी मत बदर नहुने गरी मतदान गर्न सिकाउने छन् ।

निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी तुल्याउन नसकेको भनी आलोचना खेपिरहेको सन्दर्भमा  मतदाता शिक्षा कार्यकर्ताले त्यसलाई सम्बोधन गर्नेछन् । सदर मत प्रतिशत बढाउन तथा बदर मत प्रतिशत घटाउन योगदान पु¥याउने उद्देश्यले गर्न लागिएको मतदाता शिक्षालाई थप प्रभावकारी तुल्याउन यही कात्तिक २८ गतेदेखि नमूना मतदान, अन्तक्र्रिया र सडक नाटक सञ्चालन हुने प्रवक्ता ढकालले जानकारी दिए ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बेग्लाबेग्लै पानाको मतपत्रको व्यवस्था गरिएको छ भने समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि एउटै पानामा माथिल्लो र तल्लो भागमा चुनाव चिह्न रहेको मतपत्र बनाइएको छ ।

मतदान केन्द्रमा प्रवेश गरेपछि मतदातालाई पहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिइने, त्यसपछि प्रदेशसभाका लागि पाएको मतपत्रमा मत संकेत गरेर मतपेटिकामा मत खसालेपछि मतदातालाई समानुपातिकतर्फको मतपत्र दिइने व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक करोड ५४ लाख २७ हजार ९३५ मतदाता कायम भएका छन् । उक्त निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० तथा प्रदेशसभामा प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ २२० जना सदस्य निर्वाचित हुनेछन् ।


२५ कार्तिक २०७४, शनिबार १८:३१ मा प्रकाशित

समाचार

सबै

३ महिला पर्वतारोही सगरमाथा चढ्दै

काठमाडौं । “महिला आत्मनिर्भरताका लागि पर्वतारोहण” भन्ने नाराका साथ ३ महिला पर्वतारोहीले सगरमाथा आरोहण गर्ने भएका छन् । लाक्पा याङ्जी शेर्पाको नेतृत्वमा याङ्डी शेर्पा र पाशाङ ल्हामु शेर्पाले आगामि.....

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....