निर्वाचनमा खटिने कर्मचारीको तीन लाखको बीमा

205 पटक पढिएको

प्रकाशित मिति: २९ कार्तिक २०७४, बुधबार ०७:३६

सम्पादक: Dhading News

nirwachan-aayog-nepal-election-768x512काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि जनही रु तीन लाखको बीमासहित अन्य उपचारको व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगका अनुसार बीमा अवधिभर कर्तव्यपालनाको सिलसिलामा घाइते भएमा उपचार गर्दा लागेको बिल बमोजिमको रकम र मृत्यु भएमा प्रतिव्यक्ति रु २० लाख पाउने व्यवस्था छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ मा आयोग पदाधिकारी तथा आयोग र सो अन्तर्गत कार्यरत कर्मचारी एंव मुख्य÷निर्वाचन अधिकृतको कार्यलय र मतदान केन्द्रमा खटिने कर्मचारीले उक्त सुविधा पाउनेछन् ।

निर्वाचन स्वयंसेवक, निर्वाचन शिक्षामा खटिने कार्यकर्ता÷मतदाता शिक्षा स्वयंसेवक, मतदाता शिक्षा सुपरीवेक्षक, जिल्ला तालिम समन्वयकर्ता र निर्वाचन अनुगमनकर्ताले समेत उक्त सुविधा पाउने व्यवस्था गरिएको छ ।

त्यसैगरी निर्वाचनको घुम्ती टोलीमा खटिने कर्मचारी, मतगणनामा खटिने कर्मचारी, मतदान केन्द्र पुनरावलोकनमा खटिने कर्मचारी, निर्वाचन सामग्री व्यवस्थापनमा खटिने कर्मचारी र निर्वाचन विज्ञले पनि सो सुविधा पाउनेछन् ।


२९ कार्तिक २०७४, बुधबार ०७:३६ मा प्रकाशित

समाचार

सबै

३ महिला पर्वतारोही सगरमाथा चढ्दै

काठमाडौं । “महिला आत्मनिर्भरताका लागि पर्वतारोहण” भन्ने नाराका साथ ३ महिला पर्वतारोहीले सगरमाथा आरोहण गर्ने भएका छन् । लाक्पा याङ्जी शेर्पाको नेतृत्वमा याङ्डी शेर्पा र पाशाङ ल्हामु शेर्पाले आगामि.....

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....