धादिङमा २ लाख ३३ हजार मतदाताले मतदान गर्न पाउने

783 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 vote-nirbachan-aayog-300x173धादिङ । मंसिर १० गते हुन गईरहेको  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा धादिङ जिल्लाका २ लाख ३३ हजार  मतदाताले मतदान गर्न पाउने भएका छन् ।

 दुई निर्वाचन क्षेत्र रहेको धादिङको क्षेत्र नम्बर १ मा १ लाख १८ हजार १ सय ५० जना र क्षेत्र नम्बर २ मा १ लाख १५ हजार ३ सय ५५ जना गरि २ लाख ३३ हजार ५ सय पाँच जना मतदाता निर्वाचनमा सहभागी हुने भएको जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख इश्वर सिम्खडाले  जानकारी दिनुभयो ।

 धादिङमा १ लाख १७ हजार ७ सय ८ जना पुरुष, १ लाख १५ हजार ७ सय ९६ जना महिला र १ जना तेस्रोलिङगी गरी मतदाता रहेका छन् । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र नम्बर १ (१) मा ६५ हजार ४ सय ५८ जना मतदाता रहेका छन् । यस अन्तर्गत धुनिबेशि नगरपालिका सहित थाक्रे र गल्छि गाउँपालिका पर्दछन् । यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ (२) मा ५२ हजार ६ सय ९२ जना मतदाता रहेका छन् । यस अन्तर्गत गजुरी, बेनिघाट रोराङ र सिद्धलेक गाउँपालिका पर्दछन् । यसैगरी प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा क्षेत्र नम्बर १ (१) मा ६१ हजार १ सय १८ जना मतदाता रहेका छन् यस अन्तर्गत निलकण्ठ नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १२, १३ र १४ नम्बर वडा सहित नेत्रावती र ज्वालामुखी गाउँपालिका पर्दछन् । यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ (२) मा ५४ हजार २ सय ३७ जना मतदाता रहेका छन् । यस अन्तर्गत निलकण्ठ नगरपालिकाको वडा नम्बर १० र ११ सहित त्रिपुरासुन्दरी, गँगाजमुना, खनियाँबास, गँगाजमुना र रुबी भ्याली गाउँपालिका पर्दछन् । निर्वाचनका लागि धादिङ जिल्लामा २ सय ७५ मतदान केन्द्र र १ सय ९ मतदानस्थल निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।